logo

सूर्यकुण्ड हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

    604   पटक पढिएको

३० वैशाख/अर्थ र व्यापार – सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्झौता–पत्रमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले नुवाकोट जिल्लाको घ्याङफेदी स्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरि ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत सेयर लगानी रहेको छ ।
आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना सञ्चालनमा ल्याउने सो कम्पनीले जनाएको छ ।
यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट ट्रान्समिसन लाईन मार्फत ८ किलोमिटर लामो समुन्द्रटार सवस्टेशनमा जडान गरिने कम्पनीले जनाएको छ । यस संस्थामा संलग्न समूहद्धारा प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढि विद्युत तथा सौर्य उर्जा उत्पादन गरी राष्ट्रको उर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।