logo

बल्ल दोहोरो अंकले बढ्यो सेयर बजार, नेप्से १४.३३ अंकले बढ्यो

फाइनान्स र विकास बैंकमा उच्च वृद्धि

    1100   पटक पढिएको



१६ वैशाख/अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेप्से परिसूचक १४.३३ अंक बढेको हो ।
सो अंकको वृद्धिपछि नेप्से १९८० अंकमा पुगेको छ । आइतबार दिनभर कुल २ अर्ब ६८ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो ।
१८० कम्पनीको मूल्य बढ्दा ५५ को घट्यो भने ९ को स्थिर रह्यो । ब्यापार बाहेकका सबै समूहका सूचक बढेका छन् । सो सूचक ९.५२ अंक (०.३४ प्रतिशत) घट्यो । फाइनान्स र विकास बैंक समूहमा आकर्षण देखिएको छ । फाइनान्स समूह ३.९८ प्रतिशत बढ्यो भने विकास बैंक समूह २.२३ प्रतिशत बढ्यो ।
अंकका आधारमा बैंकिङ २, विकास बैंक ८५, फाइनान्स ८१, होटल तथा पर्यटन ३८, हाइड्रोपावर १०, जीवन बीमा ७२, उत्पादन ५, माइक्रोफाइनानस ५४, निर्जीवन बीमा १०८ र अन्य समूह १० अंक बढे ।
धेरै मूल्य बढेका कम्पनीहरुमा पनि फाइनान्स अगाडि रहे । पोखरा फाइनान्सको ९.८, प्रोग्रेसिभको ७.६, श्रीइन्भेस्टमेन्टको ६.८, बेस्ट फाइनान्सको ६.७, किसान लघुवित्तको ५.९, नेपाल फाइनान्सको ५.७, त्रिशुली विद्युतको ५.७, सप्तकोशी विकास बैंकको ५.२, मेरो माइक्रोफाइनान्सको ५.१ र मल्टिपर्पस फाइनान्सको ५ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै रिभर फल्स पावरको ४.६, छ्याङ्दी हाइड्रोपावरको ३.६, चिरख्वा हाइड्रोपावरको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा पोखरा फाइनान्स, मल्टिपर्पस फाइनान्स, पिपुल्स पावर, गोर्खाज फाइनान्स र नेपाल फाइनान्स कम्पनी क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।