logo

सेयर बजारमा ओरालो यात्रा कायमै, नेप्से १९.५६ ले घट्यो

    588   पटक पढिएको


६ वैशाख/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से १९.५६ अंकमा झरेको छ । यसअघि पनि घटिरहेको नेप्से अघिल्लो दिनको तुलनामा बिहीबार १९.५६ अंकले तल झरेको हो ।
यो अंकको गिरावटपछि नेप्से १९ सय ७२ अंकमा कायम भएको छ । यसदिन कुल २ अर्ब ९ करोडको कारोबार भएको थियो ।
कुल २ सय ११ वटा कम्पनीको मूल्य घट्दा २७ वटाको बढ्यो भने ६ वटाको स्थिर रह्यो । बैंकिङ ०.४८, विकास बैंक १.४६, फाइनान्स ०.८५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर १.१६, जीवन बीमा ०.५१, उत्पादन १.५४, माइक्रोफाइनान्स १.७२, निर्जीवन बीमा ०.८७, अन्य १.२५ र ब्यापार समूह १.१७ प्रतिशत घटेका छन् ।
यसैगरी, खानीखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९ प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ६.२, मध्यभोटेकोशीको ५.७, पिपुल्स पावरको ५.५, जोशी हाइड्रोको ४.५, माइखोला हाइड्रोपावरको ४.३ प्रतिशत मूल्य बढेको थियो ।
यसदिन रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । कम्पनीको संस्थापक तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि सकिएसँगै मूल्यमा गिरावट देखिएको हो । त्यस्तै गोर्खाज फाइनान्सको ९.३, सीवाईसी लघुवित्तको ६.१२ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।