logo

२ हजार अंक भन्दा तल ओर्लियो सेयर बजार, सबै सूचक घटे

    658   पटक पढिएको


४ बैशाख/अर्थ र व्यापार – यस साता सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २ हजार अंकबाट पनि तल ओर्लिएको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४ दशमलब ८१ अंक घटेर १९ सय ९१ अंकमा ओर्लिएको हो ।
गत २० फागुन यता नेप्से परिसूचक २ हजार अंक भन्दा माथि रहँदै आएको थियो । यस दिन कारोबार रकम जम्मा २ अर्ब १० करोडमा खुम्चिएको छ । अघिल्लो दिन सोमबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार ४२ वटा कम्पनीको मूल्य बढ्दा २ सय वटाको घट्यो भने २ वटाको स्थिर रह्यो । सबै समूहका सूचकहरु घटेका थिए । अन्य, माइक्रोफाइनान्स र हाइड्रोपावर समूहका सूचक १ प्रतिशत भन्दा धेरै घटेका थिए । बैंकिङ ४, विकास बैंक ७, फाइनान्स ९, होटल तथा पर्यटन १४, हाइड्रोपावर ३२, जीवन बीमा ५५, उत्पादन ३८, माइक्रोफाइनान्स ४७, निर्जीवन बीमा ७८, अन्य १८ र ब्यापार उप समूह २३ अंकले घटेको थियो ।
यस्तो अवस्थाकाबीच पनि गोर्खाज फाइनान्सको मूल्य भने १० प्रतिशत बढेको थियो । ग्रीन डेभलपमेन्ट बैंकको ५, दिव्यश्वरी हाइड्रोपावरको ४, इमर्जिङ नेपालको २ दशमलब ९ प्रतिशत मूल्य बढेको थियो । रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेको थियो । यस कम्पनीको सेयरमा संस्थापक तथा प्रभावित स्थानीयको लकइन पिरियड सकिएपछि मूल्यमा उच्च गिरावट देखिएको छ ।
यसैगरी, पोखरा फाइनान्सको ६ दशमलब ७, सीवाईसी लघुवित्तको ६ दशमलब ५, दोल्ती पावरको ५ दशमलब ६, जनउत्थान लघुवित्तको ५ प्रतिशत मूल्य घटेको थियो । मंगलबार कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सर्वोत्तम सिमेन्ट र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।