logo

२ हजार अंक भन्दा तल ओर्लियो सेयर बजार, सबै सूचक घटे

    751   पटक पढिएको


४ बैशाख/अर्थ र व्यापार – यस साता सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २ हजार अंकबाट पनि तल ओर्लिएको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४ दशमलब ८१ अंक घटेर १९ सय ९१ अंकमा ओर्लिएको हो ।
गत २० फागुन यता नेप्से परिसूचक २ हजार अंक भन्दा माथि रहँदै आएको थियो । यस दिन कारोबार रकम जम्मा २ अर्ब १० करोडमा खुम्चिएको छ । अघिल्लो दिन सोमबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार ४२ वटा कम्पनीको मूल्य बढ्दा २ सय वटाको घट्यो भने २ वटाको स्थिर रह्यो । सबै समूहका सूचकहरु घटेका थिए । अन्य, माइक्रोफाइनान्स र हाइड्रोपावर समूहका सूचक १ प्रतिशत भन्दा धेरै घटेका थिए । बैंकिङ ४, विकास बैंक ७, फाइनान्स ९, होटल तथा पर्यटन १४, हाइड्रोपावर ३२, जीवन बीमा ५५, उत्पादन ३८, माइक्रोफाइनान्स ४७, निर्जीवन बीमा ७८, अन्य १८ र ब्यापार उप समूह २३ अंकले घटेको थियो ।
यस्तो अवस्थाकाबीच पनि गोर्खाज फाइनान्सको मूल्य भने १० प्रतिशत बढेको थियो । ग्रीन डेभलपमेन्ट बैंकको ५, दिव्यश्वरी हाइड्रोपावरको ४, इमर्जिङ नेपालको २ दशमलब ९ प्रतिशत मूल्य बढेको थियो । रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेको थियो । यस कम्पनीको सेयरमा संस्थापक तथा प्रभावित स्थानीयको लकइन पिरियड सकिएपछि मूल्यमा उच्च गिरावट देखिएको छ ।
यसैगरी, पोखरा फाइनान्सको ६ दशमलब ७, सीवाईसी लघुवित्तको ६ दशमलब ५, दोल्ती पावरको ५ दशमलब ६, जनउत्थान लघुवित्तको ५ प्रतिशत मूल्य घटेको थियो । मंगलबार कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सर्वोत्तम सिमेन्ट र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।