logo

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्टमा

    1137   पटक पढिएको


२६ चैत/अर्थ र व्यापार – रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस भएको छ । गत १६ फागुनमा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको थियो ।
बोर्ड नयाँ अध्यक्षका लागि कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम सिफारिस भएको हो।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थ सचिव डा.कृष्णहरि पुष्कर र प्राध्यापक उदय निरौला सदस्य थिए।
अध्यक्षका लागि सर्ट लिस्टमा परेका मध्ये चापागाईँ नियामक निकाय बीमा प्राधिकरणका पूर्व अध्यक्ष हुन्। उनी प्राधिकरण बीमा समिति हुँदा अध्यक्ष थिए । मुक्ति र नवराज बोर्डका कार्यकारी निर्देशक हुन्।
कार्की नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत हुन्। रमेश हमाल अवकाश भएपछि अध्यक्ष पद रिक्त थियो । समितिले आवेदन माग गरेपछि १९ जनाले निवेदन दिएका थिए। त्यसमध्ये ५ जना सिफारिसमा परेका हुन्।
अब यि पाँच जनाबाट कार्य योजना प्रस्तुति गराइने छ । त्यसका आधारमा तीन जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाइने छ । मन्त्रिपरिषद्ले त्यसमध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ । अध्यक्षको कार्यकाल आगामी चारवर्षको हुनेछ।
नयाँ स्टक एक्सचेन्जका लागि ठूला व्यावसायिक घरानाको लडाइँ चलिरहेको छ । झन्डै १५ वर्षदेखि निजी क्षेत्रलाई नयाँ स्टक सञ्चालन गर्न दिने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन।
पछिल्लो दुई वर्ष नयाँ स्टकका लागि व्यावसायिक घरानाबीच ‘कर्पोरेट वार’ नै चल्यो। नयाँ स्टक एक्सचेन्जका लागि शंकर समूह र इन्फिनिटी समूहले केही व्यावसायिक घराना समेत जम्मा पारेर लाइसेन्स लिन खोजेका थियो । लाइसेन्सका लागि नै यो समूहले रमेशकुमार हमाललाई सेबोनको अध्यक्ष बनाएको थियो।
हमालले अन्तिम समयसम्म लाइसेन्स दिन खोजे । तर, अर्को व्यावसायिक समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रयोग गरेर लाइसेन्स रोक्यो । हमालको कार्यकाल गत २० पुसमा सकिएको थियो । अहिले पनि यही दुई समूह सेबोन अध्यक्षमा आफू निकट व्यक्ति ल्याउन लागिपरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।