logo

नेप्से सामान्य अंकले घट्यो

    849   पटक पढिएको


२२ चैत/अर्थ र व्यापार – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अंकले ओरालो लागेर दुईहजार ४ दशमलव शून्य पाँचमा अंकमा सीमित भएको छ ।
बिहीबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ मा झरेको छ । विभिन्न कम्पनीका ६९ लाख ६३ हजार तीन सय ५९ कित्ता शेयर रु तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार तीन सय सातमा कारोबार भएको छ ।
कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको २३ करोड ३२ लाख ९१ हजार छ सय १२ रुपैयाँ बराबरको कारोबार भएको थियो । शिवम् सिमेन्ट १८ करोड ३८ लाख ६७ हजार चार सय, सर्वोत्तम सिमेन्ट १८ करोड २४ लाख ७१ हजार पाँच सय ५६, सूर्यज्योति लाइफ इन्स्योरन्स छ करोड २३ लाख र सोनापुर मिनरल्स छ करोड दुई लाख ९३ हजार आठ सय ५३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै मनकामना स्मार्ट लघुवित्तको ९ दशमलव ९९, गुराँस लघुवित्तको ९ दशमलव ९७, तारागाउँ रिजेन्सी होटलको ९ दशमलव ९०, रविन नेपाल लघुवित्तको शेयर मूल्य ९ दशमलव २१ प्रतिशतले बढेको छ ।
यसैगरी, पिपल्स पावरको नौ दशमलव शुन्य पाँच, सर्वोत्तम सिमेन्टको पाँच दशमलव ८५, रिभर फल्स पावरको ४ दशमलव शून्य ९, इमर्जिङ नेपालको तीन दशमलव ४६ र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ३ दशमलव ३१ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।