logo

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से ६.२६ अंकले घट्यो

    463   पटक पढिएको


१९ चैत/अर्थ र व्यापार – सेयर बजारको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिन आइतबारको तुलनामा ६.२६ अंक घटेर २०१२ मा कायम भएको छ ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा सोमबार २ अर्ब ८७ करोडमा खुम्चिएको थियो । यसदिन ८६ वटा कम्पनीको मूल्य बढ्दा १ सय ५१ वटाको घट्यो भने ८ वटाको स्थिर रह्यो ।
क्षेत्रगत सूचक हेर्दा होटल तथा पर्यटन समूहको सूचक १.१६ तथा ब्यापार ०.२० प्रतिशत बढेका थिए । अरु सबै क्षेत्रका सूचक १ प्रतिशत भन्दा न्यून दरमै घटेका थिए । बैंकिङ ४.३, विकास बैंक २.८, फाइनान्स १२.७, हाइड्रोपावर १३.६, जीवन बीमा १५.९, उत्पादन २१.९, माइक्रोफाइनान्स ५.३, निर्जीवन बीमा ४२.२ र अन्य समूह ६ अंक घटेका थिए ।
गुराँस लघुवित्त र माइखोला हाइड्रोपावरको १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ९.४४, तारागाउँ रिजेन्सीको ७.२५, दोल्ती पावरको ५.४१, सिक्लेस हाइड्रोपावरको ५.२१ प्रतिशत मूल्य बढेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।