logo

नेप्से ६.२४ अंकले घट्यो

    535   पटक पढिएको


६ चैत/अर्थ र व्यापार – मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने २६ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.२४ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २०६७ अंकमा कायम भएको छ ।
अघिल्लो दिन २ अर्ब ८८ करोडको कारोबार भएकोमा मंगलबार २६ प्रतिशत धेरै अर्थात ३ अर्ब ६३ करोडको भएको थियो । १०४ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ११ को स्थिर रह्यो । फाइनान्स र माइक्रोफाइनान्स भने २ प्रतिशत बढ्यो भने उत्पादन समूह सबैभन्दा धेरै १.३८ प्रतिशत घट्यो ।
बैंकिङ ८, विकास बैंक ३०, होटल तथा पर्यटन ३१, हाइड्रोपावर १२, उत्पादन ९५, निर्जीवन बीमा ३३, अन्य ११ र ब्यापार समूह ३७ अंक घटे । माइक्रोफाइनान्स ७९, जीवन बीमा ७ र फाइनान्स ४० अंक बढे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो । आजबाट सूचीकृत भएको सर्वोत्तम सिमेन्टको मूल्य प्रतिकित्ता ६११ रुपैयाँ ६० पैसा पुगेको छ ।
इनिफिनिटी लघुवित्तको ९.४, भगवती हाइड्रोपावर ९.२, युनिक नेपाल लघुवित्तको मूल्य ९ प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ६.९, मैलुङखोला जलविद्युतको ४.५, नेपाल हाइड्रो डेभलपर्सको मूल्य ३.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, गोर्खाज फाइनान्स घोराही सिमेन्ट र नेपाल फाइनान्स क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।