logo

१०.६२ अंकले घट्यो नेप्से

    539   पटक पढिएको


चैत ४/अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर नेप्से २०७० अंकमा कायम भएको हो । कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो । ८४ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने १० को स्थिर रह्यो ।

विकास बैंक समूह सबैभन्दा धेरै ०.८२ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह उच्च दर १.५६ प्रतिशत घट्यो । तीन समूहका सूचक बढे भने अरु सबै घटे । विकास बैंक ३३, फाइनान्स ११ र उत्पादन समूह २० अंक बढे । बैंकिङ ७, होटल तथा पर्यटन ८३, हाइड्रोपावर २९, जीवन बीमा २०, माइक्रोफाइनान्स १, निर्जीवन बीमा २४, अन्य १८ र ब्यापार समूह १२ अंक घटे ।

सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.५, मानुषी लघुवित्तको ८.७, स्वाभिमान लघुवित्तको ७.४, ग्रिन डेभलपमेन्टको ६.७ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य ७.८ प्रतिशत घट्यो ।

किसान लघुवित्तको ५.२, युनियन हाइड्रोपावर ४.६, दोल्ती पावरको ४.३, घलेम्दी हाइड्रोको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी, घोराही सिमेन्ट, गोर्खाज फाइनान्स क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।