logo

२१ सयभन्दा तल ओर्लियो सेयर बजार

    901   पटक पढिएको


१ चैत/अर्थ र व्यापार – साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ । अघिल्ला दुई दिन २१ सयमाथि अडिएको बजार बिहीबार २७.८४ अंक घटेपछि २०८० अंकमा झरेको हो ।
बिहीबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडमा खुम्चिएको छ ।यस दिन सबै समूहका सूचक झरेका छन् । जीवन बीमा र माइक्रोफाइनान्स समूह २ प्रतिशतभन्दा धेरै झरे । बैंकिङ १३, विकास बैंक ५४, फाइनान्स २०, होटल तथा पर्यटन ४७, हाइड्रोपावर १६, जीवन बीमा २८७, उत्पादन ७५, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १८८, अन्य १६ र व्यापार समूह २० अंक घटे ।
कुल ४४ कम्पनीको मूल्य बढ्दा १९६ को घट्यो भने ४ को स्थिर रह्यो । धेरै मूल्य घटबढ भएका कम्पनीहरुमा भने माइक्रोफाइनान्सहरु अगाडि रहे । विन नेपाल लघुवित्त, मानुसी र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गोर्खाज फाइनान्सको ८, कर्णाली विकास बैंकको ७.७, समाज लघुवित्तको ७.२, मनकामना स्मार्ट लघुवित्तको ६.१ प्रतिशत मूल्य बढ्यो ।
स्वाभिमान लघुवित्तको ६, जाल्पा सामुदायिक लघुवित्तको ५.६, धौलागिरि लघुवित्तको ५.३ प्रतिशत मूल्य बढ्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.२, एनआईसी एसिया लघुवित्तको ५.१ तथा जनउत्थान सामुदायिक लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोशी, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, गोर्खाज फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।