logo

सेयर बजारमा सामान्य गिरावट, नेप्से २.४८ अंकले घटेयो

    899   पटक पढिएको


३० फागुन/अर्थ र व्यापार – वर्षमान पुन नयाँ अर्थमन्त्री भएर आएदेखि लगातार बढिरहेको सेयर बजारमा बुधबार भने सामान्य गिरावट आएको छ । बुधबार सेयर बजारको परिसूचक नेप्से २.४८ अंक घटेको छ ।
सो अंकको गिरावटपछि नेप्से २१०८ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम पनि घटेकोको छ । अघिल्लो दिन ४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने १६ वटाको स्थिर रह्यो ।
फाइनान्स समूह सबैभन्दा धेरै २.३२ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घट्यो । बैंकिङ १, होटल तथा पर्यटन ६१, हाइड्रोपावर २८, उत्पादन १०, निर्जीवन बीमा ६१, ब्यापार ३ अंक घटे । अन्य ८, माइक्रोफाइनान्स १७, जीवन बीमा १०, फाइनान्स ४३ र विकास बैंक समूह १४ अंक बढे ।
मूल्य धेरै बढ्नेमा यस दिन माइक्रोफाइनान्स कम्पनीहरु अगाडि रहे । विन नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्तको मूल्य ९ देखि ९.९ प्रतिशतसम्म बढ्यो । जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ७.८, गोर्खाज फाइनान्सको मूल्य ७.५ प्रतिशत बढ्यो ।
माथिल्लो तामाकोशीको मूल्य १० प्रतिशत घट्यो । दोर्दीको ४.५ र बलेफी हाइड्रोको ३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, माथिल्लो तामाकोशी र गोर्खाज फाइनान्सको मूल्य क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।