logo

नेप्से ५८.५५ अंकले बढ्यो

    891   पटक पढिएको


२९ फागुन/अर्थ र व्यापार – नयाँ अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा सुधारको कदम चाल्ने विश्वासमा नेप्से लगातार उकालो लागिरहेको छ । सोही कारण नेप्से परिसूचक मंगलबार ५८.५५ अंक बढेर २१११.२१ विन्दुमा पुगेको छ।
अर्थमन्त्री पुनले गत आइतबार सेयर बजारमा तत्काल गर्नुपर्ने सुधारबारे नेपाल धिततोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएसीसँग कार्ययोजना मागेका थिए । उनले एक साताभित्र कार्ययोजना बुझाउन निर्देशन नै दिएका छन्।
त्यसैको प्रभावस्वरुप मंगलबार नेप्से ५८.५५ अंकले उकालो लागेको हो। पुन अर्थमन्त्री नियुक्त भएयता नेप्से लगातार उकालो लागिरहेको छ । उनी गत बुधबार साँझ अर्थमन्त्री नियुक्त भएका थिए।
त्यो दिन ९.३३ अंकले बढेको नेप्से त्यसपछिका तीन कारोबार दिनमा ९४.१६ अंकले उकालो लागिसकेको छ। उनले पदबहालीका क्रममा ६० लाख नेपालीको भविष्यसँग जोडिएको सेयर बजारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएपछि नेप्से निरन्तर बढेकामा सुझाव पेस गर्न तीन संस्थालाई आइतबार पत्र काटिएपछि लगानीकर्ताले त्यसलाई सकारात्मक रुपमा लिंदा बुधबार नेप्सेमा हरियाली छाएको हो।
१३ वटै उपसमूहले नेप्से उकालो लगाएका हुन्। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.४४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्त उपसमूहको परिसूचक ५.०५ प्रतिशत उकालो लागेको छ। बैंकिङ, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशत भन्दा बढी बढेको छ।
५ कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ। जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
मंगलबार सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ। नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत आइतबार २ अर्ब ९१ करोडको सेयर खरिदबिक्री भएकामा बुधबार साढे ४ अर्बमाथिको सेयर किनबेच भएको छ। ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार कित्ता सेयर ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँमा किनबेच भएको हो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यो कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको सेयर खरिदविक्री भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।