logo

ठूला लगानीकर्ताले बढाए सेयर धितो कर्जा, ११.६ प्रतिशतले बढ्यो

    909   पटक पढिएको


२८ फागुन/अर्थ र व्यापार – ठूला सेयर लगानीकर्ताले सेयर धितो कर्जा बढाएका छन् । सेयर धितोमा जाने कर्जा ७ महिनामा ११.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म मार्जिन प्रकृतिको (सेयर धितो) कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ ।
जबकि गत असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ प्रवाह भएको थियो । चालु आवको वितेका सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा थप ८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ प्रवाह भएको तथ्यांकले देखाउँछ ।
सेयर धितो कर्जा लिनेमा ठूला लगानीकर्ता बढी आक्रामक रहेको तथ्यांकले देखाउँछ । औसतभन्दा १ करोड माथिको कर्जा वृद्धिदर उच्च छ । ७ महिनामा औसत सेयर धितो कर्जा ११.६ प्रतिशतले बढ्दा १ करोड माथिको सेयर धितो कर्जा प्रवाह १६.९ प्रतिशतले बढेको छ । जुन तथ्यांकले ठूला लगानीकर्ताले सेयर धितो कर्जा उच्च दरमा बढाएको देखिन्छ ।
माघ मसान्तसम्म १ करोडमाथिको सेयर धितो कर्जामा कुल ५२ अर्ब २६ करोड ९५ लाख रुपैयाँ प्रवाह भएको छ । जबकि गत असार मसान्तसम्म १ करोडमाथिको कर्जा प्रवाह ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो ।
५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा ११ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ प्रवाह भएको छ । यो सीमाको कर्जा ७ महिनामा १.२ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको सेयर धितो कर्जा प्रवाह ७ महिनामा ८.३ प्रतिशतले बढेर १३ अर्ब ८४ करोड ७८ लाख पुगेको छ ।
२५ लाखमुनिको कर्जा प्रवाह भने जम्मा १.५ प्रतिशत मात्रै बढेको छ । यस्तो कर्जा माघ मसान्तसम्म कुल ७ अर्ब १३ करोड ९४ लाख रुपैयाँ प्रवाह भएको छ ।
हाल ५० लाखमुनिको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशत कायम गरिएको छ भने सोभन्दा माथिको कर्जामा १२५ प्रतिशत छ । उच्च जोखिमभारका वावजुत पनि ठूलो सेयर धितो कर्जा प्रवाह वृद्धिदर उच्च देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर कारोबारका लागि एक व्यक्तिले अधिकतम १५ करोड तथा संस्थाले २० करोड रुपैयाँ मात्रै कर्जा लिन पाउने व्यवस्था छ । लगानीकर्ताले सेयर कर्जामा १५ र २० करोडको सीमा हटाउनुपर्ने माग गर्दै आएका छन् । यस्तो मागप्रति राष्ट्र बैंकले अहिलेसम्म केही बोलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।