logo

नयाँ अर्थमन्त्रीले कार्यभार सम्हालेको पहिलो दिन सेयर बजार सकारात्मक ,दोहोरो अंकले बढ्यो नेप्से

    541   पटक पढिएको

२४ फागुन/अर्थ र व्यापार – नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेको पहिलो दिन बिहीबार सेयर बजार सकारात्मक रुपमा बढेको छ । नयाँ गठबन्धन सरकारको नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन बिहीबार नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको थियो ।
यसअघि देसमा उत्पन्न राजनीतिक अन्यौलताकाबीच उतारचढाव भइरहेको सेयर बजार नयाँ अर्थमन्त्रीको नियुक्तिसँगै सम्हालिएको हो।
बिहीबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगेको छ । यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९० अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंकले बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४७ हजार ६९९ पटकको कारोबारमा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।

बिहीबार पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर १० प्रतिशत बढेर कारोबार भएको थियो । यसदिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको थियो भने मध्य भोटेकोशीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको थियो ।
कारोबार रकमका आधारमा बिहीबार नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको थियो । सो कम्पनीको यस दिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको थियो । यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे १६ करोडको शेयर कारोबार भएको थियो भने सोनापुर मिनरल्सको करिब साढे १३ करोडको शेयर किनबेच भएको थियो ।
१३ उपसमूहमध्ये यसदिन १० उपसमूहको परिसूचक बढेको थियो भने ३ उपसमूहको परिसूचक घटेको थियो । बिहीबार निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको थियो । जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको थियो । कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको थियो ।
समग्रमा बिहीबारको सेयर कारोबारमा तीव्र उतारचढाव देखियो । दिनभर उतारचढाव देखिएको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १३.५१ अंकले बढेको हो । बुधबारको तुलनामा बिहीबारको परिसूचक ०.६७ प्रतिशतले बढेर २०३०.५५ बिन्दुमा पुगेको थियो ।
बिहीबारको कारोबार भने जम्मा ३ अर्ब १९ करोडमा सीमित भएको थियो । बिहीबार कारोबारमा आएका कम्पनीमध्ये नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी रकमको संस्थापक सेयर किनबेच भएको थियो । सो कम्पनीको एकैदिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको थियो ।
यसदिन बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको थियो भने ५९ कम्पनीको सेयर मूल्य घटेको थियो । बिहीबार तीन समूह राता देखिएका थिए भने बाँकी समूहमा हरियाली छाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।