logo

नयाँ अर्थमन्त्रीले कार्यभार सम्हालेको पहिलो दिन सेयर बजार सकारात्मक ,दोहोरो अंकले बढ्यो नेप्से

    915   पटक पढिएको

२४ फागुन/अर्थ र व्यापार – नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेको पहिलो दिन बिहीबार सेयर बजार सकारात्मक रुपमा बढेको छ । नयाँ गठबन्धन सरकारको नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन बिहीबार नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको थियो ।
यसअघि देसमा उत्पन्न राजनीतिक अन्यौलताकाबीच उतारचढाव भइरहेको सेयर बजार नयाँ अर्थमन्त्रीको नियुक्तिसँगै सम्हालिएको हो।
बिहीबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगेको छ । यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९० अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंकले बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४७ हजार ६९९ पटकको कारोबारमा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।

बिहीबार पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर १० प्रतिशत बढेर कारोबार भएको थियो । यसदिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको थियो भने मध्य भोटेकोशीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको थियो ।
कारोबार रकमका आधारमा बिहीबार नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको थियो । सो कम्पनीको यस दिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको थियो । यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे १६ करोडको शेयर कारोबार भएको थियो भने सोनापुर मिनरल्सको करिब साढे १३ करोडको शेयर किनबेच भएको थियो ।
१३ उपसमूहमध्ये यसदिन १० उपसमूहको परिसूचक बढेको थियो भने ३ उपसमूहको परिसूचक घटेको थियो । बिहीबार निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको थियो । जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको थियो । कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको थियो ।
समग्रमा बिहीबारको सेयर कारोबारमा तीव्र उतारचढाव देखियो । दिनभर उतारचढाव देखिएको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १३.५१ अंकले बढेको हो । बुधबारको तुलनामा बिहीबारको परिसूचक ०.६७ प्रतिशतले बढेर २०३०.५५ बिन्दुमा पुगेको थियो ।
बिहीबारको कारोबार भने जम्मा ३ अर्ब १९ करोडमा सीमित भएको थियो । बिहीबार कारोबारमा आएका कम्पनीमध्ये नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी रकमको संस्थापक सेयर किनबेच भएको थियो । सो कम्पनीको एकैदिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको थियो ।
यसदिन बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको थियो भने ५९ कम्पनीको सेयर मूल्य घटेको थियो । बिहीबार तीन समूह राता देखिएका थिए भने बाँकी समूहमा हरियाली छाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।