logo

तिब्र उतारचढापकाबीच नेप्से ९.३३ अंकले बढ्यो

    821   पटक पढिएको


२३ फागुन/अर्थ र व्यापार – बुधबार तिब्र उतारचढापकाबीच नेप्से परिसूचक ९.३३ अंकले बढ्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर बजार सूचक नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको हो ।
यसअघि गत सोमबार लगातार तिनपटकसम्म सकारात्मक सर्किट लागेर बन्द भएको र मंगलबार उच्च अंकको गिरावटपछि बुधबार सेयर बजार विस्तारै सम्हालिएको हो । बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढेर दुईहजार १७.०३ अंकमा पुगेको थियो ।
बुधबार विभिन्न तीनसय आठ कम्पनीका ९१ लाख ३८ हजार एकसय ५४ कित्ता सेयर ५८ हजार ९ सय ४० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४५ करोड ८ लाख ३८ हजार तीन सय ५७ रुपैयाँको कारोबार भएको थियो ।
यस दिनको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकका समूहको उपसूचक बढेको थियो । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको ८ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ दशमलव ६७, गुर्खाज फाइनान्सको ८ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी ९ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को शेयर मूल्य पाँच दशमलव ५४ प्रतिशतले घटेको थियो ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख ७८ हजार आठसय सात बराबरको ६ लाख ५७ हजार सातसय ३९ कित्ता सेयर कारोबार भएको थियो ।
बुधबार १७५ कम्पनीको मूल्य बढ्दा ६२ को घटेको थियो भने ११ को स्थिर रहेका थिए । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.६८ प्रतिशत बढेको थियो । बैंकिङ र जीवन बीमा समूह झिनो अंकले क्रमशः १.१ र २.५ले झरेको थियो ।
विकास बैंक ५.१८, फाइनान्स ३०, होटल तथा पर्यटन ४४, हाइड्रोपावर २३, उत्पादन ५४, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा २९, अन्य १९ र ब्यापार समूह ३६ अंक बढेका थिए । दोल्ती हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेका थिए । स्वरोजगार लघुवित्त, जोशी हाइड्रोपावरको मूल्य ८.७ प्रतिशत बढेको थियो ।
गोर्खाज फाइनान्स र सीवाईसी लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो । मोलुङ हाइड्रोपावरको ९.७, गुराँस लघुवित्तको ४.५, बीपीडब्लू लघुवित्तको ३, समता लघुवित्तको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।