logo

नेप्से ९.३४ अंक बढेर २००१.६४ विन्दुमा पुग्यो

    570   पटक पढिएको

१५ फागुन/अर्थ र व्यापार – मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढेर बन्द भयो । अघिल्लो कारोबार दिन सोमबारबाट बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
मंगलबार नेप्से परिसूचक ९.३४ अंक बढेर २००१.६४ विन्दुमा पुगेको थियो । यस दिन सेन्सेटिभ इण्डेक्स १.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंकले बढेको हो।
नेप्से बढेपनि यस दिन भोल्यूम भने कमजोर नै रहेको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ४० हजार ८६८ पटकको कारोबारमा १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बराबरको ५२ लाख ३३ हजार कित्ता शेयर कारोबार भएको थियो ।
यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । पछिल्ला दिनहरुमा दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (बलाजु) र सोमबार करिब ९ प्रतिशत घटेको बिपिडब्लु लघुवित्तको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो ।
यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.०६ प्रतिशत घटेको थियो । कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको थियो। सो कम्पनीको यस दिन १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको थियो भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे ६ करोडको शेयर खरिदबिक्री भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको थियो भने ६ उपसमूहको परिसूचक घटेको थियो । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको थियो ।
यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।