logo

सर्वोत्तम सिमेन्टको आइपीओमा १०.२० गुणा आवेदन, अहिलेसम्म आवेदक सवा ५ लाख नागे

    815   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – देस आर्थिक मन्दिमा गएर मान्छेसँग पैसा छैन भनिएको बेला अहिले सर्वोत्तम सिमेन्टको आइपीओमा १०.२० गुणा आवेदन परिसकेको छ। न्युनतम १८ हजार ४५ रुपैयाँ लगानीमा ५० कित्ता सेयर भर्नकालागि अहिलेसम्म आवेदक संख्या सवा ५ लाख नागिसकेका छन ।
पहिलो पटक बुक बिल्डिङ विधिबाट जारी गरिएको सर्वोत्तम सिमेन्टको आइपीओमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन भर्ने समय खुलेको तेस्रो दिन मंगलबार बिहानसम्ममा १०.२० गुणा आवेदन परेको छ।
कम्पनीको २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ सर्वसाधारणलाई बिक्रीका लागि आइतबार आवेदन खुलाइएकामा मंगलबार बिहान १०ः०६ बजेसम्म २ करोड ८३ लाख २७ हजार ६१० कित्ता सेयर माग भइसकेको छ । यस कम्पनीमा आवेदन भर्ने म्याद बुधबारसम्म छ।
सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार अहिलेसम्म ५ लाख २४ हजार ७८ वटा आवेदन परेको छ । जबकि ५५ हजार ५२१ भन्दा बढी आवेदकले आइपीओ पाउँदैनन्।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर कम्तिमा ५० कित्ता भर्नुपर्छ । एक कित्ताको मूल्य ३६०.९० रुपैयाँ छ । यो अहिलेसम्मकै महँगो आइपीओ हो । ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँ चाहिन्छ । अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ ।
सर्वोत्तमको आइपीओमा १० अर्ब २२ करोड ३४ लाख ३४ हजार ४४९ रुपैयाँको आवेदन परेको छ । आर्थिक गतिविधि सुस्ताउँदा निजी क्षेत्रले मन्दीको अनुभव गरिरहँदा सर्वोत्तम सिमेन्ट भने मुनाफामा छ । यो कम्पनीले आफ्नो उत्पादन भारत समेत निर्यात गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।