logo

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से घटेर २६.८१ अंकमा

    864   पटक पढिएको


१३ फागुन/अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से घटेर २ हजार अंकभन्दा तल झरेको छ । २ हजार अंकलाई कतिपयले एउटा सपोर्ट विन्दुका रुपमा बुझ्ने गरेका थिए । तर, आइतबार भने २ हजार विन्दुबाट बजार तल झरेपछि अन्तिम समयसम्म गिरावट कायम रह्यो ।
अघिल्लो दिनको तुलनामा नेप्से २६.८१ अंक घटेर १९७९ अंकमा कायम भएको छ । आइतबार कुल ३ अर्ब ८ करोडको कारोबार भएका थिए । आइतबारको बजारमा पनि हाइड्रोपावर समूह बढी प्रभावित भएको छ । यो समूह २.४२ प्रतिशत घट्यो । फाइनान्स १.४ र उत्पादन ०.८० प्रतिशत बढे । तीबाहेकका सबै समूह घटेका छन् ।
बैंकिङ १.६३, विकास बैंक १.०६, होटल तथा पर्यटन १.५३, लगानी १.८६, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स १.३४, निर्जीवन बीमा ०.५७, अन्य १.४३ र ब्यापार समूह १.१५ प्रतिशत घटे । कुल ३८ कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ४ को स्थिर रह्यो । बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।
चिरख्वा हाइड्रोपावरको ८.५, धौलागिरि लघुवित्तको ६.६, गोर्खाज फाइनान्सको ५.१ र सननेपाल लाइफको ५.० प्रतिशत मूल्य बढ्यो । सन नेपाल लाइफले २३.८ प्रतिशत बोनस सेयर र सोपश्चात २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
यस दिन समाज लघुवित्तको मूल्य भने १० प्रतिशत घट्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशत घट्दा पनि लगानीकर्ताले बिक्री गर्न पाएनन् । सूचीकृत भएपछि नै अघिल्लो दिनसम्म यस कम्पनीको मूल्य १० प्रतिशत बढ्दै गएको थियो । मोलुङ हाइड्रोपावरको मूल्य पनि १० प्रतिशत घट्यो । सामलिङ पावरको ९.५, बलेफी हाइड्रोको ९.२ तथा जोशी हाइड्रोको ७.७ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सननेपाल लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, गोर्खाज फाइनान्स र ङादी ग्रुप पावर कम्पनी क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।