logo

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से घटेर २६.८१ अंकमा

    558   पटक पढिएको


१३ फागुन/अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से घटेर २ हजार अंकभन्दा तल झरेको छ । २ हजार अंकलाई कतिपयले एउटा सपोर्ट विन्दुका रुपमा बुझ्ने गरेका थिए । तर, आइतबार भने २ हजार विन्दुबाट बजार तल झरेपछि अन्तिम समयसम्म गिरावट कायम रह्यो ।
अघिल्लो दिनको तुलनामा नेप्से २६.८१ अंक घटेर १९७९ अंकमा कायम भएको छ । आइतबार कुल ३ अर्ब ८ करोडको कारोबार भएका थिए । आइतबारको बजारमा पनि हाइड्रोपावर समूह बढी प्रभावित भएको छ । यो समूह २.४२ प्रतिशत घट्यो । फाइनान्स १.४ र उत्पादन ०.८० प्रतिशत बढे । तीबाहेकका सबै समूह घटेका छन् ।
बैंकिङ १.६३, विकास बैंक १.०६, होटल तथा पर्यटन १.५३, लगानी १.८६, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स १.३४, निर्जीवन बीमा ०.५७, अन्य १.४३ र ब्यापार समूह १.१५ प्रतिशत घटे । कुल ३८ कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ४ को स्थिर रह्यो । बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।
चिरख्वा हाइड्रोपावरको ८.५, धौलागिरि लघुवित्तको ६.६, गोर्खाज फाइनान्सको ५.१ र सननेपाल लाइफको ५.० प्रतिशत मूल्य बढ्यो । सन नेपाल लाइफले २३.८ प्रतिशत बोनस सेयर र सोपश्चात २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
यस दिन समाज लघुवित्तको मूल्य भने १० प्रतिशत घट्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशत घट्दा पनि लगानीकर्ताले बिक्री गर्न पाएनन् । सूचीकृत भएपछि नै अघिल्लो दिनसम्म यस कम्पनीको मूल्य १० प्रतिशत बढ्दै गएको थियो । मोलुङ हाइड्रोपावरको मूल्य पनि १० प्रतिशत घट्यो । सामलिङ पावरको ९.५, बलेफी हाइड्रोको ९.२ तथा जोशी हाइड्रोको ७.७ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सननेपाल लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, गोर्खाज फाइनान्स र ङादी ग्रुप पावर कम्पनी क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।