logo

सेयर बजारको ओरालो यात्रा कायमै,नेप्से ६.४६ अंकले घट्यो

    598   पटक पढिएको


९ फागुन/अर्थ र व्यापार – सातको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रह्यो । अघिल्ला कारोबार दिनहरुमा पनि घटेको सेयर बजार बुधबार पनि घटेको थियो । नेपाल स्टक एक्सचेन्स (नेप्से) का अनुसार बुधबार नेप्से सूचक ६.४६ अंकले घटेको थियो ।
साताको पहिलो कारोबार दिन आइतबार २७ अंकले घटेको थियो । सोमबार सार्वजनिक बिदा भएका कारण सेयर बजार खुला भएको थिएन । मंगलबार पनि सेयर बजार १.६७ अंकले घटेको थियो । बुधबार नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार रुपैयाँ र मंगलबार ३ अर्ब ११ कारोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार कारोबारमा आएका ३ सय १३ कम्पनीका ६४ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर कारोबार भएका थिए । यसदिनको कारोबारमा ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको थियो । १३ मध्ये एउटा समूहको सूचक मात्र बढेको थियो ।
बुधबार ११ करोड १२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको थियो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र पिपुल्स पावर रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।