logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर लगानीकर्ता निराश , नेप्से ३०.५६ अंकले घटेर राताम्य बन्यो

    997   पटक पढिएको


१ फागुन/अर्थ र व्यापार – मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर लगानीकर्तामा निराशा देखियो । मौद्रिक नीतिको समिक्षा कुरेर बसेका लगानीकर्ता मंगलबार सेयर बजार घटेर पुरै राताम्य भएसँगै लगानीकर्ता विश्वस्त हुन नसकेका हुन ।
यसले सोमबारसम्म सुधारतर्फको संकेत गरेको सेयर बजार पुनः धरमराएको छ । विशेषगरी संगठित लगानीकर्ताहरूले माग गरेअनुसार नेपाल राष्ट्र बैंकको नीतिमा कुनै फेरबदल भएन।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार साँझ सावर्जनिक गरेको थियो । जसमा सेयर बजारका लगानीकर्ताले आश गरे अनुरुप मौद्रिक नीतिको व्यवस्थामा कुनै परिवर्तन भएन। त्यसले मंगलबारको सेयर कारोबारमा प्रत्यक्ष प्रभाव देखिएको हो ।
यसअघि नै राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामार्फत सेयर कर्जामा जोखिम भार घटाएको थियो। जसले बजारमा केही समय सकारात्मक प्रभाव परेको थियो । २०७८ सालको मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार बढाएर १५० प्रतिशत पु¥याएको थियो। जुन यसअघिको समीक्षामा सेयर कर्जाको जोखिम भार राष्ट्र बैंकले १५० बाट १२५ प्रतिशतमा झारेको थियो । अहिले अर्धवार्षिक समीक्षामा भने कुनै फेरबदल भएन।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा लगानीकर्ताहरू रहेका थिए । बैंकहरूको घट्दो नाफा, पुँजीकोषमा परेको दबाब, न्यून कर्जा प्रवाह र अधिक लगानीयोग्य रकम लगायतका समस्याको समाधान राष्ट्र बैंकमार्फत निष्कने आशमा उनीहरू थिए।
अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू मंगलबार झन निराश देखिएका हुन्। सेयर लगानीकर्ता अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्।
गत साता सुधारतर्फको लय देखाएको सेयर बजारले यो साताको पहिलो कारोबारमा बजार घटेपनि दोस्रो कारोबारमा सुधारतर्फ नै देखिएको थियो । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा झरेको थियो ।
मंगलबार ४० कम्पनीको मात्र सेयर मूल्य बढ्दा ४ अर्ब ६६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको थियो। २०३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
उतारचढावमा रहेको सेयर बजारमा ओरालो यात्रा थामिएर गत साता लगातार चार दिनको कारोबार वृद्धि देखिएको थियो। यो साता आइतबार घटेको बजार सोमबार भने वृद्धितर्फ नै लागेपनि मौद्रिक नीतिको अर्धवाषिक समीक्षापछि मंगलबार राताम्य बन्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।