logo

१०.५० अंकले घट्यो नेप्से

    625   पटक पढिएको

२८ माघ/अर्थ र व्यापार – आइतबारको सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलोदिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा झरेको हो ।
यसदिन परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । गत बिहीबार ३ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार भने ४ अर्ब माथिको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका ३०५ वटा स्क्रीप्समध्ये हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ६२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
जसको सेयर मूल्य पनि ५.९० प्रतिशतले बढेर प्रतिकित्ता ६९४.९० रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २० अर्ब पुर्याउन ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना बनाएसँगै कम्पनीको सेयर मूल्यमा भने खासै प्रभाव नपरेको आइतबारको कारोबारले देखाएको छ ।
घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये समाज लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
आइतबार विकास बैंक, हाइड्रो समूह र म्युचुअल फण्ड बढेका छन् भने बाँकी समूह ओरालो लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।