logo

कुनै समस्या भए लगानीकर्ताले ब्रोकर कम्पनीमै गुनासो गर्नू : स्टक ब्रोकर्स एसोसिएसन

    631   पटक पढिएको

२५ माघ/अर्थ र व्यापार – स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर लगानीकर्तालाई कुनै समस्या भएमा धितोपत्र दलाल व्यवसायीहरुको गुनासो व्यवस्थापन शाखामै गुनासा राखी समयमै समस्या समाधान गर्न आग्रह गरेको छ ।
हाल ब्रोकर कम्पनीहरुले समयमै भुक्तानी नदिएको भन्दै लगानीकर्ताहरुले नियामक निकाय धितोपत्र बोर्डको गुनासो शाखामा उजुरी गर्ने, सामाजिक सञ्जालहरुमै प्रचारप्रसार गर्ने गरेपछि एसोसिएसनले बिहीबार एक विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो ।
यसैगरी, सेयर बिक्रेतालाई समयमै रकम भुक्तानी गर्ने गरिएको एसोसिएसनले दाबी गरेको छ । ‘न्यूनतम पूर्वाधारको अनुपस्थितिमा समेत धितोपत्र दलाल व्यवसायीहरुको उच्च व्यावसायिक मर्यादा र कार्यकौशलताका कारण नै सम्पन्न भएका कारोबारको समयमै राफसाफ गर्ने र सेयर बिक्रेता लगानीकर्ताको सेयर बिक्रीवापतको रकम समयमै भुक्तानी गर्दै आएका छौं’ एसोसिएसनद्धारा जारि विज्ञप्तिमा भनिएको छ ।
सेयर बिक्री वापतको रकम बिक्रेताले नपाएको एउटा पनि उदाहरण नरहेको एसोसिएसनले दाबी गरेको छ । स्वस्थ तथा पारदर्शी धितोपत्र बजार विकास गर्न र लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीको हित संरक्षण गर्न संघले आवश्यक पहल गर्दै आइरहेको बताएको छ ।
कहिलेकाली पूर्वानुमान नगरिएका प्राविधिक तथा प्रक्रियागत समस्याका कारण लगानीकर्तालाई समयमै सेवा प्रदान गर्न नसकेको अवस्थामा यस संघले सम्बन्धित सबैलाई जानकारी प्रदान गर्दै सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्दै आएको एसोसिएसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।