logo

कुनै समस्या भए लगानीकर्ताले ब्रोकर कम्पनीमै गुनासो गर्नू : स्टक ब्रोकर्स एसोसिएसन

    895   पटक पढिएको

२५ माघ/अर्थ र व्यापार – स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर लगानीकर्तालाई कुनै समस्या भएमा धितोपत्र दलाल व्यवसायीहरुको गुनासो व्यवस्थापन शाखामै गुनासा राखी समयमै समस्या समाधान गर्न आग्रह गरेको छ ।
हाल ब्रोकर कम्पनीहरुले समयमै भुक्तानी नदिएको भन्दै लगानीकर्ताहरुले नियामक निकाय धितोपत्र बोर्डको गुनासो शाखामा उजुरी गर्ने, सामाजिक सञ्जालहरुमै प्रचारप्रसार गर्ने गरेपछि एसोसिएसनले बिहीबार एक विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो ।
यसैगरी, सेयर बिक्रेतालाई समयमै रकम भुक्तानी गर्ने गरिएको एसोसिएसनले दाबी गरेको छ । ‘न्यूनतम पूर्वाधारको अनुपस्थितिमा समेत धितोपत्र दलाल व्यवसायीहरुको उच्च व्यावसायिक मर्यादा र कार्यकौशलताका कारण नै सम्पन्न भएका कारोबारको समयमै राफसाफ गर्ने र सेयर बिक्रेता लगानीकर्ताको सेयर बिक्रीवापतको रकम समयमै भुक्तानी गर्दै आएका छौं’ एसोसिएसनद्धारा जारि विज्ञप्तिमा भनिएको छ ।
सेयर बिक्री वापतको रकम बिक्रेताले नपाएको एउटा पनि उदाहरण नरहेको एसोसिएसनले दाबी गरेको छ । स्वस्थ तथा पारदर्शी धितोपत्र बजार विकास गर्न र लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीको हित संरक्षण गर्न संघले आवश्यक पहल गर्दै आइरहेको बताएको छ ।
कहिलेकाली पूर्वानुमान नगरिएका प्राविधिक तथा प्रक्रियागत समस्याका कारण लगानीकर्तालाई समयमै सेवा प्रदान गर्न नसकेको अवस्थामा यस संघले सम्बन्धित सबैलाई जानकारी प्रदान गर्दै सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्दै आएको एसोसिएसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।