logo

२१ सयमुनि ओर्लियो सेयर बजार

    633   पटक पढिएको


१७ माघ/अर्थ र व्यापार – सेयर बजारको परिसूचक नेप्से बुधबार फेरि २१ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से २१.६७ अंक घटेर २०९७ अंकमा कायम भएको छ । कुल ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । उत्पादन समूह ०.१४ प्रतिशत बढ्यो भने अरु सबै समूह घटे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो ।
अंकका आधारमा बैंकिङ ६, विकास बैंक ७९, फाइनान्स ३४, होटल तथा पर्यटन ११४, हाइड्रोपावर ३८, जीवन बीमा १४७, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा ११६, अन्य ११ र ब्यापार समूह ४९ घटे ।
सामलिङ पावरको ९.८, मन्दाकिनी हाइड्रोपावरको ९.६, पिपुल्स पावरको ७.६, रावा इनर्जीको ५.० र पिपुल्स हाइड्रोपावरको मूल्य ४.९ प्रतिशत बढ्यो । त्यस्तै मेन्छियाम हाइड्रोपावरको ५.८, अपर स्याङ्गेको ५.१ र ङादी ग्रुपको ४.९ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप पावर, नेपाल पुनर्बीमा कम्पनी र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।