logo

दोहोरो अंकले बढ्यो सेयर बजार, हाइड्रोपावर समूहको धेरै बढ्यो

    681   पटक पढिएको


१४ माघ/अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार अन्ततः दोहोरो अंकमा सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४ अंकमा पुगेको हो ।
आइतबार दिउँसो १ बजेसम्म ओरालो लागेको बजार त्यसपछि बढेको हो । आइतबारको कारोबारमा नेप्से न्यूनतम २०७५ अंकसम्म झरेको थियो ।
यसदिन कुल ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । १७३ कम्पनीको मूल्य बढ्दा ७० को घट्यो भने ४ को स्थिर रह्यो । धेरै बढ्ने समूहमा हाइड्रोपावर अगाडि रह्यो । सो समूह १.३३ प्रतिशत बढ्यो । विकास बैंक १.२२ र अन्य समूह पनि १.३२ प्रतिशत बढे ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.८६ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ १, होटल तथा पर्यटन १०४, उत्पादन समूह २८ अंकले घटे । विकास बैंक ४९, फाइनान्स १४, हाइड्रोपावर ३४, जीवन बीमा ५३, लगानी ०.७३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ५७, अन्य २२ र ब्यापार समूह ५ अंक बढे ।

मिडसोलु हाइड्रोपावर, माथिल्लो मैलुङखोला, सामलिङ पावरको मूल्य १० प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ८.७, माउन्टेन हाइड्रो नेपालको ७.९, एसियन हाइड्रोपावरको ६.८, युनाइटेड मोदी हाइड्रोको ६.४ प्रतिशत मूल्य बढ्यो । चन्द्रागिरि हिल्सको भने सबैभन्दा धेरै ९.८ प्रतिशत मूल्य घट्यो ।

इनिफिनिटी लघुवित्तको ६.४, मनकामना स्मार्ट लघुवित्तको ५.१, उन्नती सहकार्य लघुवित्तको ३.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, अरुणभ्याली हाइड्रो डेभलपर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।