logo

छैटौं दिन पनि घट्यो सेयर बजार

    606   पटक पढिएको


१० माघ/अर्थ र व्यापार – निरन्तर ओरोलो लागेको सेयर कारोबारको छैटौं दिन बुधबार पनि बजार तल नै झरेको छ । यसअघिको बुधबारदेखि नै कारोबार भएका सबै दिन सेयर बजार घटिरहेको छ ।
बुधबार अघिल्लो दिन मंगलबारको तुलनामा नेप्से परिसूचक १० अंकले झरेको हो । सो अंकको कमीपछि नेप्से २०८८ अंकमा कायम भएको छ । बुधबार कारोबारको सुरुवाती समयमा बजार बढ्दै जाँदा सवा ११ बजे २१२० अंकसम्म पुगेको थियो ।
सवा ११ बजेदेखि ओरालो लागेको बजार अन्तिम समयसम्म आउँदा ०.४८ प्रतिशत घट्न पुग्यो । ८० कम्पनीको मूल्य बढ्दा १५३ कम्पनीको मूल्य घट्यो भने १४ को स्थिर रह्यो ।
बजार घट्दा कारोबार रकम पनि खुम्चिरहेको छ । अघिल्लो दिन ४ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडमा खुम्चियो । बैंकिङ समूह जम्मा १ अंक हरियो रह्यो भने अरु समूहहरू घटेका छन् । विकास बैंक ४०, फाइनान्स ८, होटल तथा पर्यटन ७, हाइड्रोपावर ३३, जीवन बीमा ३८, उत्पादन १२, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ३२, अन्य १० र ब्यापार समूह ३० अंक घटे । प्रतिशतका आधारमा लगानी समूह सबैभन्दा धेरै १.६ प्रतिशत घट्यो ।
बुधबार चन्द्रागिरि हिल्स र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्त र समाज लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो । तेह्रथुम पावरको मूल्य भने १० प्रतिशत घट्यो ।
सीवाईसी लघुवित्तको ५, कामना सेवा विकास बैंकको ३.८ र हाथवे इन्भेस्टमेन्टको मूल्य ३.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, अरुणकाबेली पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र अपीपावर क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।