logo

प्रभावितलाई खुलाइएको सर्वोत्तमको आईपीओमा आवेदन दिने म्याद थपियो

    630   पटक पढिएको


माघ १०/अर्थ र व्यापार – प्रभावित स्थानीयका लागि सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने म्याद थप भएको छ । प्रभावित स्थानीयको कोटामा ९ लाख ३० हजार कित्ता सेयर छुट्याइको थियो । तर, पर्याप्त मात्रामा आवेदन नपरेपछि आगामी २५ माघसम्मका लागि आवेदन भर्ने म्याद थप गरिएको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
यसअघि १० माघसम्म समय तोकिएको थियो । वैदेशिक रोजगारमा रहेकाहरुबाट भने पर्याप्त आवेदन परेको छ । प्रभावित स्थानीयका लागि राखिएको ३ वर्षको लकइन अवधि पनि आईपीओ नबिक्नुको मुख्य कारक बन्ने गरेको छ।
बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा कायम भएको छ । न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
उद्योग क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका वडा नम्बरहरु ३,४,५,६,११ र १३ का स्थानीयले आईपीओमा आवेदन दिन पाउने छन् । त्यस्तै खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीयले आवेदन दिन सक्छन् ।
पाल्पा रिब्दिकोट गाउँपालिकाका २,३,४ र ६ नम्बर वडाका स्थानीय, तिनाउँ गाउँपालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दाले आईपीओमा आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।