logo

सेयर बजारमा सामान्य गिरावट

    677   पटक पढिएको


९ माघ/अर्थ र व्यापार – मंगलबार सेयर बजार सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा ०.४० अंक घटेर बजार परिसूचक नेप्से २०९८.२९ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १५ मिनेटमै नेप्से २११२ अंकसम्म पुगेको थियो ।
त्यसपछि बजार बन्द हुँदासम्म सामान्य उतारचढाव रह्यो । मंगलबार सहित लगातार पाँचौ दिन बजार झरेको हो । यस दिन बजारको गिरावट झिनो अंकमा सीमित भएको छ । कारोबार रकममा भने ३२ प्रतिशतको गिरावट देखिएको छ ।
अघिल्लो दिन ६ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब २९ करोडमा खुम्चियो । कुल १०३ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने ८ को स्थिर रह्यो ।
होटल तथा पर्यटन समूहमा भने चमक देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.७४ प्रतिशत बढ्यो । बैंकिङ ०.४२, हाइड्रोपावर ०.५८, जीवन बीमा ०.६६, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.१३ र ब्यापार समूह ०.८६ प्रतिशत घटे ।
अन्य ०.५६, निर्जीवन बीमा ०.७३, लगानी ०.३६, फाइनान्स ०.२८ र विकास बैंक समूह ०.०७ प्रतिशत बढे । चन्द्रागिरि हिल्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढ्यो । तेह्रथुम पावरको ९.८, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७.२, दोर्दीखोला जलविद्युत्को ६.९, सीवाईसी लघुवित्तको ६.३ प्रतिशत मूल्य बढ्यो ।
मिडसोलु हाइड्रोको मूल्य सबैभन्दा धेरै ६. २ प्रतिशत घट्यो । गुराँस लघुवित्तको ५.९, अपर स्याङ्गेको ४.८ तथा आशा लघुवित्तको ४.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप र सोनापुर मिनरल्स क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।