logo

सेयर बजारमा सामान्य गिरावट

    973   पटक पढिएको


९ माघ/अर्थ र व्यापार – मंगलबार सेयर बजार सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा ०.४० अंक घटेर बजार परिसूचक नेप्से २०९८.२९ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १५ मिनेटमै नेप्से २११२ अंकसम्म पुगेको थियो ।
त्यसपछि बजार बन्द हुँदासम्म सामान्य उतारचढाव रह्यो । मंगलबार सहित लगातार पाँचौ दिन बजार झरेको हो । यस दिन बजारको गिरावट झिनो अंकमा सीमित भएको छ । कारोबार रकममा भने ३२ प्रतिशतको गिरावट देखिएको छ ।
अघिल्लो दिन ६ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब २९ करोडमा खुम्चियो । कुल १०३ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने ८ को स्थिर रह्यो ।
होटल तथा पर्यटन समूहमा भने चमक देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.७४ प्रतिशत बढ्यो । बैंकिङ ०.४२, हाइड्रोपावर ०.५८, जीवन बीमा ०.६६, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.१३ र ब्यापार समूह ०.८६ प्रतिशत घटे ।
अन्य ०.५६, निर्जीवन बीमा ०.७३, लगानी ०.३६, फाइनान्स ०.२८ र विकास बैंक समूह ०.०७ प्रतिशत बढे । चन्द्रागिरि हिल्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढ्यो । तेह्रथुम पावरको ९.८, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७.२, दोर्दीखोला जलविद्युत्को ६.९, सीवाईसी लघुवित्तको ६.३ प्रतिशत मूल्य बढ्यो ।
मिडसोलु हाइड्रोको मूल्य सबैभन्दा धेरै ६. २ प्रतिशत घट्यो । गुराँस लघुवित्तको ५.९, अपर स्याङ्गेको ४.८ तथा आशा लघुवित्तको ४.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप र सोनापुर मिनरल्स क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।