logo

७ अंकले घट्यो नेप्से

    624   पटक पढिएको


४ माघ/अर्थ र व्यापार – साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ अंकले घटेको छ । यसदिन बजारमा उच्च उतारचढाव देखियो ।
बिहान ११ ः १४ बजे बजारको परिसूचक नेप्से २१३३ विन्दुसम्म झरेको थियो । उतारचढावकाबीच दिउँसो २ ः ३४ बजे २१६७ विन्दुसम्म पुगेको बजार अन्ततः बन्द हुँदा २१५५ विन्दुमा कायम भभएको थियो । जुन अघिल्लो दिनको तुलनामा ७.२४ अंकले न्युन हो ।
सेयर बजार परिसूचक नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडमा खुम्चियो । बिहीबार हाइड्रोपावरसहित ३ समूह बढे । अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०.२० प्रतिशत बढेका छन ।
होटल समूह सबैभन्दा धेरै १.४ प्रतिशत घट्यो । बैंकिङ ०.६४, विकास बैंक ०.६५, लगानी ०.७५, जीवन बीमा ०.५२, उत्पादन १.२८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा १.१३ र ब्यापार समूह ०.८९ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि रिडी पावर, गणपति लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर र माहुली लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै सीईडीबी हाइड्रोपावरको ९.८ प्रतिशत बढ्यो । दोर्दी हाइड्रोपावरको ८.४, हिमालयन रिइन्स्योरेन्सको ८.४, इनिफिनिटी लघुवित्तको ७.९ प्रतिशत मूल्य बढ्यो ।
तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशत घट्यो । ग्लोबल आईएमई लघुवित्तको ७.३, थ्रीस्टार हाइड्रोको ७.१, नेपाल वेयरहाउजिङको ५.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सोनापुर सिमेन्ट, ङादी ग्रुप, रिडी पावर र नेपाल वेयर हाउजिङ कम्पनी क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।