logo

माघे संक्रान्तिको अवसरमा सन सेक्युरिटिजले गर्यो सेयर तालिम

    1053   पटक पढिएको


२ माघ/अर्थ र व्यापार – सन सेक्युरिटिजले माघे संक्रान्तिको अवसरमा सन सेक्युरिटिजको कार्यालयमा सोमबार लगानीकर्ताहरुलाई सेयरबजार सम्बन्धी निःशुल्क सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सेयर बजार सम्बन्धी आधारभूत र प्राविधिक विश्लेषण अन्तरगतको क्याण्डल प्याटर्न सम्बन्धी २ वटा तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । तालिम कार्यक्रममा १५० जना लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।
विहान ११ बजेदेखि १ बजेसम्म सेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा सेयर बजारको वर्तमान अवस्था, सेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो ।
सन सेक्युरिटिजका रबि बुढाथोकी र संचित बज्राचार्यले सेयर बजार तथा यसको आधारभूत पक्षसम्बन्धी तालिम प्रदान गरेका थिए। दिउँसो २ बजेदेखि ४ बजेसम्म सेयर बजारको प्राविधिक विश्लेषण अन्तरगत क्याण्डल विश्लेषण सम्बन्धी अर्को तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।
जसअन्तगरत प्राविधिक विश्लेषण र यसको महत्व, प्राविधिक विश्लेषणमा प्रयोग हुने चार्टहरु, क्याण्डल चार्ट बन्ने विधि, क्याण्डका विभिन्न स्वपरुप र तिनीहरुको कारोबारमा हुने प्रयोग तथा यसको महत्व, क्याण्डलको ब्याक टेष्टिंग गर्ने विधि लगायतका विषयमा तालिम प्रदान गरिएको थियो ।
प्राविधिक विश्लेषक सुशिल भट्टराईले प्राविधिक विश्लेषण सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा लगानीकर्ता तथा प्रशिक्षार्थीहरुका कारोबार सम्बन्धी विभिन्न प्रश्न तथा जिज्ञासाहरुको साथ अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो । अन्तरक्रियात्मक कार्यक्रम कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले आगामी शुक्रबार लगानीकर्ताहरुबीच पेपर प्रेजेन्टेसन सहितको अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने र सो कार्यक्रममा लगानीकर्ताहरुले कारोबारका क्रममा भोगका विभिन्न अनुभव र जिज्ञासाहरु समेत आदान प्रदान गरिने बताए । सो अन्तरक्रियात्मक कार्यक्रममा इच्छुक जो कोही लगानीकर्ताहरु सहभागी हुन सक्ने समेत उनले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।