logo

माघे संक्रान्तिको अवसरमा सन सेक्युरिटिजले गर्यो सेयर तालिम

    779   पटक पढिएको


२ माघ/अर्थ र व्यापार – सन सेक्युरिटिजले माघे संक्रान्तिको अवसरमा सन सेक्युरिटिजको कार्यालयमा सोमबार लगानीकर्ताहरुलाई सेयरबजार सम्बन्धी निःशुल्क सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सेयर बजार सम्बन्धी आधारभूत र प्राविधिक विश्लेषण अन्तरगतको क्याण्डल प्याटर्न सम्बन्धी २ वटा तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । तालिम कार्यक्रममा १५० जना लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।
विहान ११ बजेदेखि १ बजेसम्म सेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा सेयर बजारको वर्तमान अवस्था, सेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो ।
सन सेक्युरिटिजका रबि बुढाथोकी र संचित बज्राचार्यले सेयर बजार तथा यसको आधारभूत पक्षसम्बन्धी तालिम प्रदान गरेका थिए। दिउँसो २ बजेदेखि ४ बजेसम्म सेयर बजारको प्राविधिक विश्लेषण अन्तरगत क्याण्डल विश्लेषण सम्बन्धी अर्को तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।
जसअन्तगरत प्राविधिक विश्लेषण र यसको महत्व, प्राविधिक विश्लेषणमा प्रयोग हुने चार्टहरु, क्याण्डल चार्ट बन्ने विधि, क्याण्डका विभिन्न स्वपरुप र तिनीहरुको कारोबारमा हुने प्रयोग तथा यसको महत्व, क्याण्डलको ब्याक टेष्टिंग गर्ने विधि लगायतका विषयमा तालिम प्रदान गरिएको थियो ।
प्राविधिक विश्लेषक सुशिल भट्टराईले प्राविधिक विश्लेषण सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा लगानीकर्ता तथा प्रशिक्षार्थीहरुका कारोबार सम्बन्धी विभिन्न प्रश्न तथा जिज्ञासाहरुको साथ अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो । अन्तरक्रियात्मक कार्यक्रम कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले आगामी शुक्रबार लगानीकर्ताहरुबीच पेपर प्रेजेन्टेसन सहितको अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने र सो कार्यक्रममा लगानीकर्ताहरुले कारोबारका क्रममा भोगका विभिन्न अनुभव र जिज्ञासाहरु समेत आदान प्रदान गरिने बताए । सो अन्तरक्रियात्मक कार्यक्रममा इच्छुक जो कोही लगानीकर्ताहरु सहभागी हुन सक्ने समेत उनले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।