logo

सेयर बजारमा उछाल, नेप्से परिसूचक बढेर ३१.६२ अंकमा , हाइड्रोपावरमा उच्च वृद्धि

    611   पटक पढिएको

 

२९ पुस/अर्थ र व्यापार – साताको पहिलोदिन आइतबार सेयर बजारमा उछाल देखिएको छ । आइतबार बजार बढेर फेरि २१ सय विन्दु नाघेको हो ।
गत ५ पुस यता २१ सयमुनि रहँदै आएको सेयर बजार २५ दिनपछि आइतबार आएर बल्ल २१ सयमाथि चढेको हो । आइतबार सेयर बजारको परिसूचक नेप्से ३१.६२ अंक बढेर २१२० विन्दुमा कायम भएको छ ।
कारोबार सुरु भएको केही मिनेटमै २१ सय नाघेको नेप्से अन्तिम समयसम्म २१ सयमाथि नै रह्यो । यस दिन २ सय ११ कम्पनीको मूल्य बढ्दा ३३ वटा कम्पनीको मुल्य घट्यो भने ३ को स्थिर रहेको थियो ।
आइतबार विशेषगरि हाइड्रोपावर समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.५८ प्रतिशत बढ्यो । यसैगरी, अन्य समूह २.७७ प्रतिशत बढ्यो । वाणिज्य बैंक ०.४७, विकास बैंक १.२४, फाइनान्स १.५५, लगानी १.२४, जीवन बीमा ०.४२, उत्पादन १.०३, माइक्रोफाइनान्स १.९६ र निर्जीवन बीमा समूह ०.०१, प्रतिशत बढेका थिए ।
यसैगरी, होटल तथा पर्यटन ०.०१ र ब्यापार समूह ०.९४ प्रतिशत घटेका थिए । कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स संस्थापक समूह, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, अरुणभ्याली हाइड्रोपावर र अरुण काबेली क्रमशः अगाडि रहे ।
आइतबार धेरै मूल्य बढेका कम्पनीमा पनि हाइड्रोपावर समूहका कम्पनीहरु धेरै रहे । १२ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर, मध्यभोटेकोशी जलविद्युत्, माथिल्लो मैलुङखोला, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो, रसुवागढी हाइड्रोपावर र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो ।
त्यसैगरी, अपर स्याङ्गे हाइड्रोपावरको ९.६, पिपुल्स पावरको ९.२, माउन्टेन हाइड्रो नेपालको ९ प्रतिशत मूल्य बढ्यो । निर्धन उत्थान लघुवित्तको मूल्य भने ४.३, मनकामना स्मार्ट लघुवित्तको मूल्य २.४ तथा मोलुङ हाइड्रोपावरको १.७ प्रतिशत घट्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।