logo

कारोबारको अन्तिम समयमा आएर २७.९० अंकले बढ्यो नेप्से

    861   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – पछिल्लो केही सातायता निरन्तर १२४ अंकले घटेको बजार बुधबार अन्तिम कारोबार समयमा आएर बजार केही बढेर बन्द भयो ।
साताको चौथो दिन बुधबार नेप्से परिसूचक २७.९० अंकले बढेर बन्द भएको हो। बजार बढ्दा परिसूचक २०५८.०० बिन्दुमाथि आइपुगेको छ। यस्तै बुधबार सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेको छ । यसअघि गत ५ पुसयता सेयर बजार निरन्तर घट्दै आइरहेको थियो।
सेयर बजार घट्दा निकै नै घटेको होटल तथा पर्यटन, जलविद्युत समूह, लगानी, उत्पादन तथा प्रशोधन क्षेत्र लगायत सबैजसो क्षेत्रमा निकै सुधार देखिएको छ। यस बाहेक बुधबार सबैजसो समूह बढेका छन्। बजार बढ्दा बुधबार २०९ सूचीकृत कम्पनीको सेयर मूल्य बढेको हो ।

नेप्सेका अनुसार १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ब्रोकरहरुका अनुसार अन्तिममा खरिदचाप एक्कासि बढेर बन्द भएको हो । ‘केही कम्पनीको सेयर मूल्य बढ्न लागेपछि सवा २ बजेपछि एक्कासि बजारमा हाई डिमान्ड आयो । पछिल्लो केही दिनयता बजार धेरै घटिसकेकाले पनि बुधबार बजार सकारात्मक हुन पुगेको थियो ।
बुधबार दिव्येश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर मिनरल्स, मुक्तिनाथ कृषि कम्पनीलगायत १० कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यसदिन पनि ४ अर्ब ४ करोड बराबरको सेयर कारोबार भएको छ। कारोबारका आधारमा शीर्ष स्थानमा सोनापुर मिनरल्स छ । सो कम्पनीको २६ करोडको सेयर कारोबार भयो। यस्तै शिवम् सिमेन्टको २३ करोड बराबरको कारोबार भएको छ । यी दुवै कम्पनीमा अन्तिममा खरिद चाप बढी आउँदा मूल्य र कारोबार दुवै बढ्न पुगेको हो । १५ करोडको कारोबार भएर आइएमई लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रह्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।