logo

३० अंकले घट्यो नेप्से,सबै समूहमा गिरावट

    671   पटक पढिएको


१७ पुस/अर्थ र व्यापार– साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार ३०.०५ अंकले घटेर २०३०.१० बिन्दुमा झरेको हो । अघिल्लो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको थियो । सोमबार सेयर बजार ८.७५ अंकले घटेको थियो ।
सोमबारको तुलनमा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेका अनुसार मंगलबार ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको भएको थियो ।
मंगलबार ३ सय ५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७ सय १२ हजार कित्ता सेयर ८५ हजार ४ सय ५३ पटक किनबेच भएको छ । कारोबारमा आएको ३७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २ सय ५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूलय यथावत रहेको छ ।
मंगलबार १६ करोड ११ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हाथवे इन्भेष्टमेन्ट र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् ।
अहिले लगातार छैटौं कारोबार दिन सेयर बजार झरेको छ । गत ५ पुस र सोयता कारोबार भएका सबै दिन ८, ११, १२, १६ र १७ गते मंगलबार बजार घटेको हो । मंगलबार ३० अंकले नेप्से घटेर २०३० अंकमा कायम भएको हो ।
दिनभर ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएको थियो । कुल ३७ कम्पनीको मूल्य बढ्दा २०५ को घट्यो भने ३ को स्थिर रहयो । सबै समूहका सूचक घटेका छन् ।
यसदिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.२ प्रतिशत घट्यो । बैंकिङ १.१, विकास बैंक १.३, फाइनान्स १.३, हाइड्रोपावर १.३, जीवन बीमा २.९, उत्पादन १.२, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ०.६ र ब्यापार उपसमूह १ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र लक्ष्मी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
हिमालयन हाइड्रोपावरको १०, सिटिजन लाइफ इन्स्योरेन्सको ७, दोर्दी हाइड्रोपावरको ६.५, अपरहेवाखोलाको मूल्य ५.५ प्रतिशत घट्यो ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, सोनापुर सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।