logo

सेयर बजारको ओरालो यात्रा कायमै, ८.७५ अंकले घट्यो नेप्से

    583   पटक पढिएको



१६ पुस/अर्थ र व्यपार – सेयर बजार परिसूचक नेप्से ओरालो लाग्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । नेप्से सोमबार ८.७५ अंकले घटेको छ। कारोबार सुरु भएको ४० मिनेटमा बढेर २०९५ बिन्दुसम्म पुगेको नेप्से परिसूचक अन्तिम कारोबार समयमा आएर २०६०.१५ बिन्दु कायम भयो ।
यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेको छ । सेयर बजार गत ५ पुसयता ८१.७२ अंकले घटिसकेको छ ।
यस साताको दोस्रो कारोबार दिन सोमबार जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै १.७२ प्रतिशतले घटेको छ । मोलुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । यस्तै, होटलतर्फ तारागाउँ रिजेन्सीको सेयर मूल्य प्रति कित्ता ५९ रुपैयाँ घटेको छ ।
सीइडीबी हाइड्रोपावर,चिर्ख्वा हाइड्रोपावर, नेपाल वेरहाउस कम्पनी र हाथ्वे इन्भेष्टमेन्टको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । ७७ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।
४ अर्ब ४८ करोडको सेयर बिनबेच भएको छ । सर्वाधिक रकमको कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट छ । यो कम्पनीको २० करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको हो। यस्तै सोनापुर मिनरल्सको २० करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।