logo

सेयर बजारको ओरालो यात्रा कायमै, ८.७५ अंकले घट्यो नेप्से

    845   पटक पढिएको



१६ पुस/अर्थ र व्यपार – सेयर बजार परिसूचक नेप्से ओरालो लाग्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । नेप्से सोमबार ८.७५ अंकले घटेको छ। कारोबार सुरु भएको ४० मिनेटमा बढेर २०९५ बिन्दुसम्म पुगेको नेप्से परिसूचक अन्तिम कारोबार समयमा आएर २०६०.१५ बिन्दु कायम भयो ।
यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेको छ । सेयर बजार गत ५ पुसयता ८१.७२ अंकले घटिसकेको छ ।
यस साताको दोस्रो कारोबार दिन सोमबार जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै १.७२ प्रतिशतले घटेको छ । मोलुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । यस्तै, होटलतर्फ तारागाउँ रिजेन्सीको सेयर मूल्य प्रति कित्ता ५९ रुपैयाँ घटेको छ ।
सीइडीबी हाइड्रोपावर,चिर्ख्वा हाइड्रोपावर, नेपाल वेरहाउस कम्पनी र हाथ्वे इन्भेष्टमेन्टको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । ७७ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।
४ अर्ब ४८ करोडको सेयर बिनबेच भएको छ । सर्वाधिक रकमको कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट छ । यो कम्पनीको २० करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको हो। यस्तै सोनापुर मिनरल्सको २० करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।