logo

लगानीकर्ताकालागि विशेष मौका, यि हुन अझै सेयर किन्दा लाभांश पाइने कम्पनीहरु

    1021   पटक पढिएको

१६ पुस/अर्थ र व्यपार – नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत पब्लिक कम्पनीहरुले धमाधम वार्षिक साधारणसभा आयोजना गरिरहेका छन् ।
कतिपय कम्पनीले साधारणसभा मार्फत लाभांश समेत स्वीकृत गराइरहेका छन् भने कतिपय कम्पनीले लाभांश प्रस्तावविना नै साधारणसभा गरिरहेका छन् ।
अझै पनि केही माइक्रोफाइनान्स, विकास बैंक, फाइनान्स तथा वाणिज्य बैंकको सेयर खरिद गर्दा लाभांश पाइन्छ । लाभांश घोषणा गरिसकेका तर, कम्पनीको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइनसकेका कम्पनीको सेयर खरिद गर्दा लाभांश पाइन्छ । सार्वजनिक सूचनामार्फत कम्पनीहरुले साधारणसभा बोलाउँदै बुक क्लोजको मिति घोषणा गरिरहेका छन् ।
बैंक, विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्स समूहका ११ कम्पनीको लाभांश घोषणा भइसकेको छ । तर, बुक क्लोज हुन बाँकी छ । त्यसकारण यी ११ बैंक तथा वित्तीय संस्थाहरूको सेयर खरिद गर्नेहरु अझै पनि लाभांशका लागि हकदार हुनेछन् ।

वाणिज्य बैंकतर्फ: लाभांश घोषणा गरेर बुक क्लोज नभएको वाणिज्य बैंकमा एउटा मात्रै बाँकी छ– लक्ष्मी सनराइज । सो कम्पनीको आगामी बिहीबार बुक क्लोज हुँदैछ । तसर्थ बुधबारसम्म कम्पनीको सेयर खरिद गर्नेले ७ प्रतिशत बोनस सेयर पाउँछन् ।

विकास बैंकतर्फ: लाभांश घोषणा गरेर बुक क्लोज हुन ४ वटा विकास बैंक मात्रै बाँकी छन् । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंक । मुक्तिनाथ र महालक्ष्मी विकास बैंकको बुधबारसम्म सेयर खरिद गर्नेले लाभांश पाउनेछन् ।

मुक्तिनाथको ९.७५ प्रतिशत बोनस सेयर र महालक्ष्मीको ६.४ प्रतिशत नगद (करसहित) लाभांश घोषणा भएको छ । त्यस्तै गरिमा र लुम्बिनीको आज सोमबारसम्म सेयर खरिद गर्नेले मात्रै लाभांश पाउने छन् । गरिमाले ९.५ प्रतिशत बोनस र लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस तथा ४.५ प्रतिशत नगद (करसहित) लाभांश दिँदैछ ।

फाइनान्सतर्फ: लाभांश घोषणा गरेर बुक क्लोज हुन बाँकी फाइनान्स कम्पनीमा श्री इन्भेस्टमेन्ट फाइनान्स मात्रै बाँकी छ । सो कम्पनीको आगामी बिहीबारसम्म सेयर खरिद गर्नेले ५.०५ प्रतिशत नगद (करसहित) लाभांश पाउने छन् ।

माइक्रोफाइनान्स: लाभांश घोषणा गरेर बुक क्लोज नभएका माइक्रोफाइनान्स कम्पनीहरुमा ५ कम्पनी बाँकी छन् । जीवन विकास लघुवित्त, छिमेक लघुवित्त, समता घरेलु, ग्लोबल आईएमई लघुवित्त र धौलागिरि लघुवित्त । जीवन विकासको मंगलबारसम्म, छिमेकको आज सोमबारसम्म, ग्लोबल आईएमईको बुधबारसम्म सेयर खरिद गर्नेले लाभांश पाउँछन् ।

समता र धौलागिरिले भने बुक क्लोजको मिति तय गरिसकेका छैनन् । जीवन विकासले १४ प्रतिशत बोनस सेयर, छिमेकले ५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद, समताले ५.४ प्रतिशत बोनस, ग्लोबलले १० प्रतिशत नगद र धौलागिरिले १४.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।