logo

सेयर वजारमा उत्साह,नेप्से ३५ अंकले बढ्यो

    940   पटक पढिएको


४ पुस/अर्थ र व्यापार – पछिल्लो समय लगातार उकालो लागेको सेयर बजार बुधबार पनि उत्साहजनक नै रह्यो । बुधबार सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१४१ अंकमा कायम भएको छ । यस साताको चौथो कारोबार दिन बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भएको छ । बुधबारको कारोबार रकम करिब १ वर्षयताकै उच्च हो । यसअघि २६ पुस २०७९ मा कुल ७ अर्ब २९ करोडको कारोबार भएको थियो । कुल १६१ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ५ को स्थिर रह्यो ।
यस दिन उत्पादनमूलक र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उत्पादनमूलक समूह ७.१ प्रतिशत बढ्यो भने लगानी समूह ६.९ प्रतिशत बढ्यो । त्यस्तै ब्यापार समूह ६.२ प्रतिशत बढ्यो । बैंकिङ ७, विकास बैंक ६, फाइनान्स १३, जलविद्युत् ४५, लगानी ५, जीवन बीमा २३१, उत्पादन ४००, माइक्रोफाइनान्स ३५, अन्य १५ र ब्यापार उपसमूह १७९ अंक बढेका छन ।
बुधबार निर्जीवन बीमा १० र होटल तथा पर्यटन समूह भने ११५ अंक घटे । यस दिन बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी, युनाइटेड इदी मर्दी, बलेफी हाइड्रो, बीपी डब्लू लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्रीस्टार हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स र निफ्राको मूल्य ८ प्रतिशत बढ्यो ।
नेरुडे लघुवित्त, माथिल्लो मैलुङखोला, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र तारागाउँ रिजेन्सीको मूल्य ३ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, सोनापुर सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर र निफ्रा क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।