logo

सेयर बजारमा उछाल, नेप्से २१ सय नाघ्यो

    649   पटक पढिएको

३ पुस/अर्थ र व्यापार – सेयर बजारमा उछाल देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । गत १५ साउन यता पहिलो पटक सेयर बजारले २१ सय अंक नाघेको हो ।
अघिल्लो दिनको तुलनामा नेप्से ४५.९८ अंक बढेर २१०६ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ६ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो । कुल १८३ कम्पनीको मूल्य बढ्दा ५३ को घट्यो भने ७ को स्थिर रह्यो ।
यस दिन होटल तथा पर्यटन र उत्पादनमूलक क्षेत्रका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखियो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो भने उत्पादनमूलक क्षेत्रको सूचक ४.७ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ३.१, बैंकिङ २.४, विकास बैंक १.३, फाइनान्स ०.४२, जलविद्युत् ०.८१, माइक्रोफाइनान्स १.५६, निर्जीवन बीमा २.०, अन्य ०.९१ र ब्यापार समूह १.० प्रतिशत बढ्यो ।
यस दिन ११ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, बीपीडब्लू लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
माथिल्लो मैलुङखोलाको ४.९ तथा पिपुल्स पावरको मूल्य ३.१ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, घोराही सिमेन्ट क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।