logo

सेयर बजारमा सुधार, दोहोरो अंकले बढ्यो नेप्से

    766   पटक पढिएको


२१ मंसिर/अर्थ र व्यापार – बिहीबार पनि नेप्सेको वृद्धिले निरन्तरता पाएको छ । अघिल्लो दिन जम्मा ३ अंकले बढेको बजार बिहीबार भने ११.७३ अंकले बढ्यो । अघिल्लो दिन १ अर्ब १४ करोडको कारोबार भएकोमा बिहीबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ ।
नेपाल पुनर्बीमा कम्पनी र ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको उच्च कारोबारले समग्र कारोबार रकम बढ्न गएको हो । बिहीबारको कारोबार गत ४ असोज यताकै उच्च हो ।
कुल १७५ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ८ को स्थिर रह्यो । केही दिनअघिसम्म जीवन बीमा समूहमा देखिएको लगानीकर्ताको आकर्षण बिहीबार भने निर्जीवन बीमामा सरेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.१ प्रतिशत बढ्यो । जलविद्युत् समूह १ प्रतिशत बढ्यो ।

बैंकिङ ६.९, विकास बैंक २०, फाइनान्स ११, होटल तथा पर्यटन ३२, जलविद्युत् २०, जीवन बीमा ८, उत्पादन ३१, माइक्रोफाइनान्स २, निर्जीवन बीमा २०९ र अन्य समूह १ अंक बढे । व्यापार समूह भने १३ अंक घटेको छ ।
बिहीबार त्रिशूली जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । केही दिनअघि प्राथमिक सेयर दोस्रो बजारमा सूचीकृत भएको यो कम्पनीको आजको कारोबार पहिलो हो । कम्पनीको मूल्य प्रतिकित्ता २९४ रुपैयाँ ८० पैसा पुगेको छ ।
समाज लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य पनि १० प्रतिशत बढ्यो । आशा लघुवित्तको ७, बुद्धभूमि हाइड्रोपावरको ५.८, हाथवे इन्भेस्टमेन्टको ५ तथा नेपाल इन्स्योरेन्सको ५ प्रतिशत मूल्य बढ्यो ।
ग्लोबल आईएमई लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८, मन्दाकिनी हाइड्रोको ५.४, विजय लघुवित्तको ५, मेन्छियाम हाइड्रोको २.९ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी (संस्थापक), सिटिजन लाइफ इन्स्योरेन्स, सोनापुर मिनरल्स, माउन्टेन इनर्जी र ग्लोबल आईएमई बैंक संस्थापक सेयर क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।