logo

शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्सले १ करोड १६ लाख कित्ता आईपीओ जारी गर्ने

    986   पटक पढिएको

१५ मंसिर/अर्थ र व्यापार – शिवम् सिमेन्टमा करिब ८५ प्रतिशत हिस्सा रहेको शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ।

जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने १०० रुपैयाँका दरको १ करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो।
शिवम् होल्डिङ्स लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारडाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ।
सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पुँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ।
शिवम् होल्डिङग्स २०७१ सालमा प्रालि कम्पनीको रुपमा दर्ता भएको थियो। २०७९ मा कम्पनी पब्लिक लिमिटेडमा परिणत भएको थियो। कम्पनीले नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा क्लिंकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रीनफिल्ड उद्योग संचालन गरिरहेको छ ।
यसले वेस्ट हिटको उपयोग गरि करिब १२ मेगावाट विद्युत समेत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ। जसलाई कम्पनीले आफ्नै उद्योग संचालनमा प्रयोग गर्दै आएको छ।
कन्भेयरबेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको चिनियाँ विदेशी लगानी समेत रहेको होङ्सी शिवम् सिमेन्ट प्रालिमा कम्पनीको ३० प्रतिशत सेयर स्वामित्व छ।
विगत ५ वर्षदेखि पूर्ण संचालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको उक्त कम्पनीबाट प्रतिफलसमेत प्राप्त गर्न सुरु गरिसकेको छ । शिवम् होल्डिङ्स लिमिटेडको अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँमध्ये संस्थापक तर्फ ८० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड रुपैयाँ र सर्वसाधारण तर्फ १ अर्ब १६ करोड रुपैयाँ सेयर पुँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो।
यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत सेयर लगानी ८५ प्रतिशत र अन्य १९ जना विभिन्न व्यक्ति तथा संस्थाको १५ प्रतिशत सेयर लगानी छ। सर्वसाधारणबाट संकलन हुने रकम अन्य उपयुक्त परियोजनाहरु जस्तै हाइड्रोपावर, बैंक तथा वित्तीय संस्था, पर्यटन क्षेत्र, पूर्वाधार परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा विस्तार गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।