logo

सेयर बजारको उछाल एक दिन पनि टिकेन,दोहोरो अंकले घट्यो

    600   पटक पढिएको

११ मंसिर/अर्थ र व्यापार– साताको पहिलो दिन सेयर बजारमा देखिएको उछाल एक दिन पनि टिकेन । आइतबार बजारमा हरियाली छाएको थियो । आइतबारको उछाल टिक्न नसक्दा सोमबार बजार ११.२७ अंकले घटेको छ ।
सोमबार कारोबार रकम पनि घटेको छ । सोमबार बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ११.२७ अंकले घटेर परिसूचक १८९६..६७ बिन्दुमा रोकिएको छ । यो दिन २९० कम्पनीको ६० लाख १७ हजार ३९७ कित्ता सेयर १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ भने केहीमा सुधार देखिएको छ । बैंकिङ समूहको ९.९७, विकास बैंक ७.७०, वित्त १३, होटल १६.२४, जीवन बीमा ९४.१२, उत्पादन तथा प्रशोधन ४०.५६, निर्जीबन बीमा ५४.५६, अन्य समूहको उपसूचक १.८४ अंकले घटेको छ । कारोबारमा होटल तथा पर्यटन १२.७७, लगानी ०.३३, ट्रेडिङ समूहको उपसूचक १०.३९ अंकले बढेको छ ।
कारोबारमा अप्पर साङ्गे हाईड्रोपावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत, शुभम पावर, विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त, मिर्मिरे लघुवित्त, थ्री स्टार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ७७ लाख ६३ हजार ५८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिलायबल नेपाल लाइफ र सिटिजन्स लाइफ इन्स्योरेन्स रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।