logo

सेयर कारोबार बढेर २ महिनायताकै उच्च विन्दुमा

    778   पटक पढिएको


१० मंसिर/ अर्थ र व्यापार – निरन्तर घटेको नेप्से आइतबार बल्ल १ महिनापछि बढेर १९ सय विन्दुमाथि पुगेको छ । गत १२ कात्तिक यता १९ सयमुनि रहेको नेप्से परिसूचक आइतबार १९०७ विन्दुमा कायम भएको हो ।
आइतबार नेप्से २.५६ प्रतिशत अर्थात् ४७.७५ अंक बढेको छ । यस दिन २ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । करिब २ महिनापछि मात्रै कारोबारले २ अर्ब नाघेको हो । यसअघि ९ असोजमा २ अर्बमाथिको कारोबार भएको थियो ।
आइतबार कुल २१४ कम्पनीको मूल्य बढ्दा २३ कम्पनीको घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहहरु बढेका छन् ।
जीवन बीमा समूह सबैभन्दा धेरै ४.४४ प्रतिशत बढ्दा फाइनान्स समूह ३.९१, निर्जीवन बीमा ३.६७ तथा व्यापार समूह ३.५८ प्रतिशत बढेका छन । अंकका आधारमा वाणिज्य बैंक २१, विकास बैंक ९५, फाइनान्स ६३, होटल तथा पर्यटन ९०, जलविद्युत् ६०, जीवन बीमा ४४९, उत्पादन १५३, माइक्रोफाइनान्स ६७, निर्जीवन बीमा ३५८, अन्य २५ र व्या पार उपसमूह ९६ अंक बढे ।
आइतबार छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । स्वरोजगार लघुवित्तको ९.८, रावा इनर्जीको ९.८, मैलुङखोलाको ९.७ तथा सिंगटी हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो ।
बजार बढ्दा पनि इनिफिनिटी लघुवित्तको २.४, आशा लघुवित्तको २.४, आत्मनिर्भर लघुवित्तको २.३, जनउत्थान सामुदायिक लघुवित्तको १.९९ र हाथवे इन्भेस्टमेन्टको मूल्य १.६ प्रतिशत घट्यो । आइतबार यि बाहेक अन्य सबैको सेयर बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।