logo

नागरिक लगानी कोषको नाफा १३.८ प्रतिशत बढ्यो

    925   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार – नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कोषले कुल २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि कोषले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको सेयर पुँजी पनि बढेको छ । कम्पनीको यस्तो पुँजी गत वर्षको असोज मसान्तसम्म ४ अर्ब २५ करोड रहेकोमा यो असोज मसान्तमा ५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
एक वर्षको अवधिमा कम्पनीको खुद कोष मौज्दात पनि २ खर्ब ५१ करोडबाट बढेर २ खर्ब २३ अर्ब रुपैयाँ बराबर पुगेको छ । कम्पनीको नाफा बढे पनि प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा वषिर्क प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९० पैसा रहेकोमा अहिले १९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
मुख्यतः कम्पनीले बोनस सेयर प्रदान गरी सेयर पुँजी थप गरेकाले नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी खुम्चिन गएको हो ।
सोही कारण कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १८९ रुपैयाँबाट खुम्चेर १५९ रुपैयँ ७९ पैसा कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।