logo

नागरिक लगानी कोषको नाफा १३.८ प्रतिशत बढ्यो

    652   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार – नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कोषले कुल २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि कोषले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको सेयर पुँजी पनि बढेको छ । कम्पनीको यस्तो पुँजी गत वर्षको असोज मसान्तसम्म ४ अर्ब २५ करोड रहेकोमा यो असोज मसान्तमा ५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
एक वर्षको अवधिमा कम्पनीको खुद कोष मौज्दात पनि २ खर्ब ५१ करोडबाट बढेर २ खर्ब २३ अर्ब रुपैयाँ बराबर पुगेको छ । कम्पनीको नाफा बढे पनि प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा वषिर्क प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९० पैसा रहेकोमा अहिले १९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
मुख्यतः कम्पनीले बोनस सेयर प्रदान गरी सेयर पुँजी थप गरेकाले नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी खुम्चिन गएको हो ।
सोही कारण कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १८९ रुपैयाँबाट खुम्चेर १५९ रुपैयँ ७९ पैसा कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।