 
                                                                   
२१ कात्तिक/अर्थ र व्यापार – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार साँझ बसेको संचालक समितिको बैठकले ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र साधारणसभाबाट पारित भएपछि वितरण हुने ।
कम्पनीले चालु आर्थिक वर्षको ३ महिनाको वित्तीय विवरण पनि यसअघि सार्वजनिक गरेको छ । जसअनुसार ७६ करोड ८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जबकि गत वर्ष सो अवधिमा ६६ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । 
ब्याज खर्च घटाउँदा कम्पनीले यो तीन महिनामा खुद ७० करोड एकलाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सो अवधिमा यस्तो आम्दानी ६५ करोड ५७ लाख थियो । 
पहिलो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको नाफा ४१ करोड ३८ लाख रुपैयाँ छ । गत वर्षको पहिलो त्रैमासमा ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अहिले सो कम्पनीको रेगुलेटरी प्रोभिजन भने बढेको छ । 
तपाईको प्रतिक्रिया