logo

दशैं लागेसँगै सेयर बजार बढ्यो

    972   पटक पढिएको


१ कात्तिक/अर्थ र व्यापार – दशैं सुरु भएसँगै सेयर बजार बढ्न लागेको छ । असोज मसान्तमा बैंक ब्याज तिर्न र दशैंमा खर्च व्यवस्थापन गर्न सेयर बिक्रीको चाप आउँदा पछिल्लो केही दिन यता लगातार घटेर सोमबार १८५१.४३ को विन्दुमा झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो ।
नेप्सेमा लगातार दोस्रो दिन पनि वृद्धि हुँदा १९०० को विन्दु नाघेर बन्द भएको छ । बुधबार बजार परिसूचक नेप्से ४३.२७ अंकले वृद्धि हुँदा १९०७.८९ को विन्दुमा बन्द भएको हो । बुधबार सबै उपसूचकमा हरियाली छाउँदा बैंकिङ क्षेत्रमा नै आकर्षण देखिएको छ ।
निर्जीवन बीमा उपसूचक सर्वाधिक २.८७ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक २.७६ प्रतिशत, हाइड्रोपावर उपसूचक २.५३ प्रतिशत र बैंकिङ उपसूचक २.४६ प्रतिशत बढेर बन्द भएको छ ।
नेप्सेमा हरियाली देखिएपनि दशैं लाग्दा लगानीकर्तामा सक्रियता घटेको छ । जसले बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार करिब १ अर्बको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर ९३ करोड ४९ लाखमा सिमित भएको छ । ३१ हजार ७८८ वटा कारोबारमा ३७ लाख ७२ हजार २३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा सो रकमको कारोबार भएको हो ।
जसमध्ये सानिमा जिआईसी इन्स्योरेन्सको सर्वाधिक ४ करोड ४६ लाखको कारोबार हुँदा कुमारी बैंकको संस्थापक सेयर ३ करोड १४ लाख र आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ४३ लाखको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २३६ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २२३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।
बुधबार हरीयाली छाएको बजारमा आशा लघुवित्तको सेयरमूल्य १० प्रतिशत र इन्फीनिटी लघुवित्तको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै मिड सोलु हाइड्रोपावर सेयरमूल्य ९.३१ प्रतिशत र ज्योति विकास बैंकको सेयरमूल्य ९.१९ प्रतिशतले बढेको छ ।
बीडीडब्लु लघुवित्तको सेयरमूल्य ४.६२ प्रतिशतले गिरावट हुँदा एनआईबीएल समृद्धि फण्ड २ को इकाइमूल्य ३.९५ प्रतिशतले वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।