logo

राष्ट्र बैंकको नीतिले सकारात्मक सन्देश दिएको छ, अब बजार बढ्नुको विकल्प छैन: अध्यक्ष ढकाल

    792   पटक पढिएको

२२ असोज/अर्थ र व्यापार – धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकिकृत निर्देशनले पुँजी बजारलाई केहीहदसम्म चलायमान बनाउन सहयोग गर्ने बताएका छन् । ‘एकिकृत निर्देशनले सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमालाई केही बढाएको छ त्यसले लगानीकर्ताको समस्या केहीहदसम्म सुन्ने र बुझ्ने काम भयो भन्ने ठानेका छौं’ एशोशिएशनले गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै ढकालले भने, ‘अबका दिनका हामीले एकअर्कालाई दोषारोपण भन्दा पनि सकारात्मक सन्देश दिएकालागि अघि बढ्नु जरुरी छ ।’
नेपालमा सेयर बजार र घरजग्गा कारोबारीबीच अन्तरसम्बन्ध रहेको र राष्ट्र बैंकको नीतिले घरजग्गा धितो राखेर कर्जा लिन पाउने सीमा बढाउँदा समग्र अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको धारणा थियो । यसैगरी, उनले राष्ट्र बैंकले एकै प्रकृतिका कर्जा तथा सापटीको ब्याज अन्तर बढीमा २ प्रतिशत विन्दुभन्दा फरक हुन नपाउने व्यवस्था गर्दा आगामी दिनमा कर्जाको ब्याज सस्तो हुन गई सेयर बजारका लगानीकर्तालाई उच्च ब्याजको पीडाबाट राहत पुग्ने बताए ।
यसअघि बैंकहरुले राष्ट्र बैंकको नीति अनुसार एउटै प्रकृतिको कर्जामा ५ प्रतिशत विन्दुसम्म फरक गरेर ब्याज लिर्ईरहेको बताउँदै ढकालले भने, ‘यस नीतिले अबका दिनमा सेयरधितोमा प्रबाह हुने कर्जाको पनि ब्याज घट्ने छ । तसर्थ पुँजी बजार सुधारका लागि नियामकको विरोध मात्रै होइन सकारात्मक सोच लिएर अघि बढ्ने सकेमा बजारको विकास र वृद्धि हुने विश्वास छ ।’
तर, अहिले बजारमा उच्च रुपमा सप्लाई बढ्दा नकारात्मक सन्देश गएको उनको भनाई छ । ‘अर्थशास्त्रको सिद्धान्त अनुसार बजारले गति लिन माग र पूर्तिको नियम लागू हुनुपर्छ,’ उनले भने, ‘तर पछिल्लो समय उच्च रुपमा आईपीओ आउँदा सप्लाईतर्फ उच्च बढ्यो माग सिर्जना हुन सकेन जसको नकारात्मक असर अहिले बजारमा देखियो ।’
अबका दिनमा बजारमा सप्लाई मात्रै बढाउनु भन्दा पनि माग बढाउनेतर्फ नियामक निकायले ध्यानदिनुपर्ने उनको भनाई छ ।

यसैगरी, स्वदेशी तथा विदेशी पूँजी आकर्षित गरि ठूलाठूला पूर्वाधार निर्माणदेखि स–साना स्टार्टअपको संचालनको लागि आवश्यक पूँजीको दीर्घकालीन व्यवस्थापन पूँजीबजारबाट गर्नको लागि सहज हुने हुँदा पूँजी बजारको बिकास र विस्तारको विकल्प नरहेको उनको तर्क थियो । तथ्यांकलाई नै आधारका मन्दा पछिल्लो विवरण अनुसार हितग्राही खाता (डीम्याट) खोल्नेको संख्या करिब ५९ लाखभन्दा बढी रहेको अहिले सेयर बजारमा धेरै नेपालीहरु आबद्ध रहेकाले यसलाई अबका दिनका सकारात्मक सन्देश फैल्याएर सुधारतर्फ लैजानुको विकल्प नरहेको समेत उनले बताए ।
उनले अबका दिनमा इन्ट्रा डे ट्रेडिङ, वन्ड मार्केटको विकाश गर्ने तथा मार्जिन ट्रेडिङ सम्बन्धी नीति ल्याउन आवश्यक भएकाले तत्कालै सेटलमेन्ट फण्ड ल्याउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।