logo

राष्ट्र बैंकको नीतिले सकारात्मक सन्देश दिएको छ, अब बजार बढ्नुको विकल्प छैन: अध्यक्ष ढकाल

    1081   पटक पढिएको

२२ असोज/अर्थ र व्यापार – धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकिकृत निर्देशनले पुँजी बजारलाई केहीहदसम्म चलायमान बनाउन सहयोग गर्ने बताएका छन् । ‘एकिकृत निर्देशनले सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमालाई केही बढाएको छ त्यसले लगानीकर्ताको समस्या केहीहदसम्म सुन्ने र बुझ्ने काम भयो भन्ने ठानेका छौं’ एशोशिएशनले गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै ढकालले भने, ‘अबका दिनका हामीले एकअर्कालाई दोषारोपण भन्दा पनि सकारात्मक सन्देश दिएकालागि अघि बढ्नु जरुरी छ ।’
नेपालमा सेयर बजार र घरजग्गा कारोबारीबीच अन्तरसम्बन्ध रहेको र राष्ट्र बैंकको नीतिले घरजग्गा धितो राखेर कर्जा लिन पाउने सीमा बढाउँदा समग्र अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको धारणा थियो । यसैगरी, उनले राष्ट्र बैंकले एकै प्रकृतिका कर्जा तथा सापटीको ब्याज अन्तर बढीमा २ प्रतिशत विन्दुभन्दा फरक हुन नपाउने व्यवस्था गर्दा आगामी दिनमा कर्जाको ब्याज सस्तो हुन गई सेयर बजारका लगानीकर्तालाई उच्च ब्याजको पीडाबाट राहत पुग्ने बताए ।
यसअघि बैंकहरुले राष्ट्र बैंकको नीति अनुसार एउटै प्रकृतिको कर्जामा ५ प्रतिशत विन्दुसम्म फरक गरेर ब्याज लिर्ईरहेको बताउँदै ढकालले भने, ‘यस नीतिले अबका दिनमा सेयरधितोमा प्रबाह हुने कर्जाको पनि ब्याज घट्ने छ । तसर्थ पुँजी बजार सुधारका लागि नियामकको विरोध मात्रै होइन सकारात्मक सोच लिएर अघि बढ्ने सकेमा बजारको विकास र वृद्धि हुने विश्वास छ ।’
तर, अहिले बजारमा उच्च रुपमा सप्लाई बढ्दा नकारात्मक सन्देश गएको उनको भनाई छ । ‘अर्थशास्त्रको सिद्धान्त अनुसार बजारले गति लिन माग र पूर्तिको नियम लागू हुनुपर्छ,’ उनले भने, ‘तर पछिल्लो समय उच्च रुपमा आईपीओ आउँदा सप्लाईतर्फ उच्च बढ्यो माग सिर्जना हुन सकेन जसको नकारात्मक असर अहिले बजारमा देखियो ।’
अबका दिनमा बजारमा सप्लाई मात्रै बढाउनु भन्दा पनि माग बढाउनेतर्फ नियामक निकायले ध्यानदिनुपर्ने उनको भनाई छ ।

यसैगरी, स्वदेशी तथा विदेशी पूँजी आकर्षित गरि ठूलाठूला पूर्वाधार निर्माणदेखि स–साना स्टार्टअपको संचालनको लागि आवश्यक पूँजीको दीर्घकालीन व्यवस्थापन पूँजीबजारबाट गर्नको लागि सहज हुने हुँदा पूँजी बजारको बिकास र विस्तारको विकल्प नरहेको उनको तर्क थियो । तथ्यांकलाई नै आधारका मन्दा पछिल्लो विवरण अनुसार हितग्राही खाता (डीम्याट) खोल्नेको संख्या करिब ५९ लाखभन्दा बढी रहेको अहिले सेयर बजारमा धेरै नेपालीहरु आबद्ध रहेकाले यसलाई अबका दिनका सकारात्मक सन्देश फैल्याएर सुधारतर्फ लैजानुको विकल्प नरहेको समेत उनले बताए ।
उनले अबका दिनमा इन्ट्रा डे ट्रेडिङ, वन्ड मार्केटको विकाश गर्ने तथा मार्जिन ट्रेडिङ सम्बन्धी नीति ल्याउन आवश्यक भएकाले तत्कालै सेटलमेन्ट फण्ड ल्याउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।