logo

सेयर धितो कर्जाको सीमा बढेपनि सुधारिएन सेयर बजार, हाइड्रोपावरमा उच्च गिरावट

    595   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ ।
गत बिहीबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको १२ करोडको सीमा बढाएर व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको सीमा तोकेको थियो ।
१२ करोडको सीमाले बजार प्रभावित भएको भन्दै राष्ट्र बैंकको आलोचना गर्दै आएका सेयर लगानीकताले सो सीमा बढाउँदा समेत खासै सकारात्मक मनोविज्ञान बनाउन नसकेको बताएका छन् ।
राष्ट्र बैंकले १२ करोडको सीमा बढाउने बहानामा खर्बौंको सेयर बजारमाथि खेलाँची गरेको आरोप लगानीकताको छ । जसले गर्दा १२ करोडको सीमा बढे पनि सेयर बजार भने बढ्न सकेन । आइतबार सेयर बजार परिसूचक नेप्से ३५.६७ अंकले गिरावट आउँदा १९२१.२४ को बिन्दुमा बन्द भएको छ ।
आइतबार हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.७२ प्रतिशतको गिरावट भएको छ । अन्य उपसूचकहरु होटल तथा पर्यटनमा २.३५ प्रतिशत, जीवन बीमामा २.२८ प्रतिशत, लगानीमा २.०१ प्रतिशत गिरावट भएको छ ।

नेप्सेमा गिरावट भए पनि आइतबार कारोबार रकम भने बढेको देखिएको छ । गत बिहीबार १ अर्ब १० करोड र बुधबार १ अर्ब १९ करोडमा सीमित भएको कारोबार रकम आइतबार भने बढेर १ अर्ब ८० करोड १७ लाख ६६ हजार पुगेको छ ।
आइतबार कुल ५९ हजार १७१ वटा कारोबारमा ५८ लाख १५ हजार १८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा सो रकमको कारोबार भएको छ । आइतबार कारोबारमा आएका मध्ये शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक ६ करोड ७३ लाख ८१ हजार रुपैयाँको कारोबार हुँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५७ लाख ६० हजार रुपैयाँ कारोबार भएको छ ।
आइतबार बजारमा कुल २३३ कम्पनीको सेयर कारोबार भएको छ । आइतबार कारोबार भएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेर बन्द हुँदा २१३ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ४ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
जसमध्ये बाराही हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.५९ प्रतिशतले वृद्धि, सिद्धार्थ इन्भेष्टमेन्ट स्किम २ कम्पनीको सेयरमूल्य ९.४० प्रतिशत र सयपत्री हाइड्रोपावर कम्पनीको सेयरमूल्य २.७८ प्रतिशतले बढेको छ । हिमालय लघुवित्त वित्तीय संस्था र गरिमा डिबेन्चरको सेयरमूल्य समान १०÷१० प्रतिशतले गिरावट भएर बन्द भएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।