logo

धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताहमा विभिन्न कार्यक्रम गर्ने

    946   पटक पढिएको


१५ असोज/अर्थ र व्यापार – धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । एशोसिएसनका अध्यक्ष सागर ढकालले यस्तो जानकारी गराएका हुन ।
अध्यक्ष ढकालका अनुसार एशोसिएसनले विश्व लगानीकर्ता सप्ताहको पारेर साताव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको छ । एशोसिएसनले तय गरेको कार्यक्रमको तालिका अनुसार यहि १६ देखि १९ असोजसम्म कलेजहरुमा शेयर सचेतना तथा तालिम कार्यक्रम गर्ने छ ।

१६ असोजमा रिलायन्स कलेज सरस्वतीनगर, काठमाण्डौमा,१७ असोजको दिन क्यातफोर्ड इन्टरनेशनल कलेज बालकुमारी, ललितपुरमा, १८ असोजको दिन सेन्ट्रल डिपार्टमेन्ट आफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय, किर्तिपुरमा र आगामी १९ असोजमा काभ्रेको पनौती नगरपालिका पनौतीमा शेयर सचेतना तथा तालिम हुने एशोसिएसनले जनाएको छ ।

यसैगरी, एशोसिएसनले आगामी २० असोजमा वाकाथन कार्यक्रम गर्ने बताएको छ । सो दिन बिहान ८ बजेबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको नेतृत्वमा व्यानर तथा प्लेकार्ड सहित भृकुटीमण्डपबाट सुरु भएको वाकाथन बसन्तपुर दरबार स्क्वायर सम्म पुगेर भेलामा परिणत भई समापन गरिने छ ।

साताव्यापी विश्व लगानीकर्ता सप्ताह–२०२३ समापन तथा अन्तरक्रिया कार्यक्रमकै अवसरमा आगामी २१ असोजकोे दिउँसो ३ बजेबाट नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल प्रमुख आतिथ्य तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की तथा सिडिएस एण्ड क्लियरिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यहरुको आतिथ्यमा साताव्यापी लगानी सप्ताह कार्यक्रमको विसर्जन तथा पूँजीबजार विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने एशोसिएसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।