logo

सेयर बजारमा पहिरो, नेप्से ३३ अंकले घट्यो

    763   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार – सेयर बजारमा भारी गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ ।
मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने चर्चाले केही दिन उतारचढाव देखिए पनि राष्ट्र बैंकले उक्त निर्णय गर्न ढिलाइ गर्दा नेप्सेमा उच्च गिरावट भएको छ ।
गत सोमबार नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा अर्थमन्त्री, गभर्नर सहित उपस्थितिमा कार्यक्रम आयोजना गर्दैछ । तर, त्यसको अघिल्लो दिन आइतबार भने सेयर बजारमा उच्च गिरावट भएको हो ।
आइतबार सबै उपसूचकहरु पनि घटेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ३.३२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक २.१७ प्रतिशले गिरावट भएको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.०७ प्रतिशतले गिरावट भएको हो ।
नेप्सेमा उच्च गिरावट हुँदा कारोबार रकम २ अर्बको नजिक पुगेको छ । आइतबार ८२ हजार ८०० वटा कारोबारमा ६७ लाख २३ हजार ४०० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८३ करोड ५ लाखको कारोबार भएको छ । जसमध्ये सिटिजन्स लाइफको सर्वाधिक १४ करोड ७४ लाखको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत भएर आइतबार कारोबार सुरु भएको सिटिजन्स लाइफमा आईपीओ परेका लगानीकर्ताको सेयर बिक्रीको चाप देखिएको हो । यस्तै एनआईसी एशिया बैंकको ९ करोड ३६ लाख र सन् नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २२० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै १० कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीका सेयरमूलय स्थिर छ ।
आइतबार कारोबार भएकामध्ये सयपत्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मम सर्किट मूल्यमा बन्द हुँदा पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ६.०७ प्रतिशत र कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ६.०५ प्रतिशतले बढेको छ ।
यता सनराइज म्युचुअल फण्डको इकाइमूल्य सहित अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरीङ हाइड्रोपावर र सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
यसैगरी, मेन्छियाम हाइड्रोपावर कम्पनीका सेयरमूल्य पनि ९.९७ प्रतिशतले गिरावट भएर बन्द भएको छ । नेप्सेमा सूचीकृत भई आइतबार प्रि–ओपन सेसनमा ५०८ रुपैयाँमा पहिलो कारोबार भएको सिटिजन्स लाइफमा पहिलो दिन नै नकारात्मक सर्किट लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।