logo

सेयर बजारको सबै सूचक घट्यो, नेप्से २००४ अंकमा झर्यो

    605   पटक पढिएको


१० असोज/ अर्थ र व्यापार – बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । परिसूचक नेप्से २००४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक १८.६० अंक घटेको हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
मंगलबार २ अर्ब ९ करोडको कारोबार भएकोमा आज १ अर्ब ८१ करोडमा खुम्चियो । कुल ३४ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ३ को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ५३, फाइनान्स २५, होटल तथा पर्यटन ४८, जलविद्युत् ३३, जीवन बीमा ८८, उत्पादन तथा प्रशोधन २६, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा १००, अन्य २० र व्यापार उपसमूह १४ अंक घटे ।
मनकामना इन्जिनियरिङ हाइड्रोको मूल्य ९.९, एसियन हाइड्रोको ७.९ तथा मोलुङ हाइड्रोको ७.६ प्रतिशत बढ्यो । शुभम् पावरको मूल्य १० प्रतिशत तथा हिमालय ऊर्जा विकासको मूल्य ७.६ प्रतिशत घट्यो ।
यसदिन कारोबार रकमका आधारमा सन नेपाल लाइफ, एनआईसी एसिया बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र नागरिक लगानी कोष क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।