logo

सेयर बजारमा सामान्य गिरावट

    673   पटक पढिएको


८ असोज/अर्थ र व्यापार – आज सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक ५.८९ अंकले घटेर २००४.४५ को विन्दुमा बन्द भएको हो ।
आइतबार २०१०.३५ को विन्दुमा बन्द भएको नेप्से सोमबार ०.२९ प्रतिशतले गिरावट भएको थियो । गत बिहीबार ४४.३४ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से आइतबार १९.४२ अंकले गिरावट भएको थियो ।
सोमबार लगातार दोस्रो कारोबार दिन पनि गिरावट भएको हो । नेप्सेमा गिरावट भएपनि सोमबार हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक भने बढेका छन् । बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर उपसूचक ०.९२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३८ प्रतिशतले वृद्धि भएको छ ।
लगानी उपसूचक सर्वाधिक ०.९५ प्रतिशतले गिरावट हुँदा जीवन बीमा उपसूचक ०.७३ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३५ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार पनि २ अर्ब माथि थियो । तर, सोमबार भने कारोबार रकम डेढ अर्बमा झरेको हो ।
सोमबार ७८ हजार ४२१ वटा कारोबारमा ६५ लाख १६ हजार ६ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ५६ करोड ५६ लाखको कारोबार भएको हो । जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६९ लाखको कारोबार हुँदा रिलायबल लाइफ इन्स्योरेन्सको ६ करोड ५९ लाख र एनआईसी एशिया बैंकको ४ करोड ६३ लाखको कारोबार भएको हो ।
सोमबार नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १२९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९२ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १० कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये माइखोला हाइड्रोपावर
कम्पनकिो सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा एशियन हाइड्रोपावरर मन्दाकीनी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यसैगरी, इस्टन हाइड्रोपावर र हिमालयन लघुवित्तको सेयरमूल्य ९.९७ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको हो ।
आज शुभम् पावर कम्पनी र थ्री स्टार हाइड्रोपावरको सेयरमूल्यमा १९० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा नेप्सेमा सूचीकृत भएर सोमबार कारोबार सुरु भएको अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।