logo

सेयर बजारमा सामान्य गिरावट

    905   पटक पढिएको


८ असोज/अर्थ र व्यापार – आज सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक ५.८९ अंकले घटेर २००४.४५ को विन्दुमा बन्द भएको हो ।
आइतबार २०१०.३५ को विन्दुमा बन्द भएको नेप्से सोमबार ०.२९ प्रतिशतले गिरावट भएको थियो । गत बिहीबार ४४.३४ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से आइतबार १९.४२ अंकले गिरावट भएको थियो ।
सोमबार लगातार दोस्रो कारोबार दिन पनि गिरावट भएको हो । नेप्सेमा गिरावट भएपनि सोमबार हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक भने बढेका छन् । बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर उपसूचक ०.९२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३८ प्रतिशतले वृद्धि भएको छ ।
लगानी उपसूचक सर्वाधिक ०.९५ प्रतिशतले गिरावट हुँदा जीवन बीमा उपसूचक ०.७३ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३५ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार पनि २ अर्ब माथि थियो । तर, सोमबार भने कारोबार रकम डेढ अर्बमा झरेको हो ।
सोमबार ७८ हजार ४२१ वटा कारोबारमा ६५ लाख १६ हजार ६ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ५६ करोड ५६ लाखको कारोबार भएको हो । जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६९ लाखको कारोबार हुँदा रिलायबल लाइफ इन्स्योरेन्सको ६ करोड ५९ लाख र एनआईसी एशिया बैंकको ४ करोड ६३ लाखको कारोबार भएको हो ।
सोमबार नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १२९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९२ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १० कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये माइखोला हाइड्रोपावर
कम्पनकिो सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा एशियन हाइड्रोपावरर मन्दाकीनी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यसैगरी, इस्टन हाइड्रोपावर र हिमालयन लघुवित्तको सेयरमूल्य ९.९७ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको हो ।
आज शुभम् पावर कम्पनी र थ्री स्टार हाइड्रोपावरको सेयरमूल्यमा १९० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा नेप्सेमा सूचीकृत भएर सोमबार कारोबार सुरु भएको अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।