logo

सेयर धितो कर्जामा सीमा हट्ने भएसँगै सेयर बजारमा हरियाली, नेप्से ४४.३४ अंकले बढ्यो

    1055   पटक पढिएको


४ असोज/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ४४.३४ अंकले बढेको छ । यो अंकको वृद्धिपछि नेप्से २०२९.७८ विन्दुमा कायम भएको छ । आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सामान्यतः १ अर्बको कारोबार हुँदै आएको बजारमा बिहीबार भने ३ अर्ब २९ करोड रुपैयाँ कारोबार नागेको थियो ।
कुल २१७ कम्पनीको मूल्य बढ्दा ११ को घट्यो भने २ को स्थिर रहृयो । प्रतिशतका आधारमा जलविद्युत् उपसमूह सबैभन्दा धेरै ५.३ प्रतिशत बढ्यो । अंकका आधारमा वाणिज्य बैंक ११, विकास बैंक १४२, फाइनान्स ७५, होटल तथा पर्यटन ८२, जलविद्युत् १०९, जीवन बीमा १८०, उत्पादन १४७, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १८७, अन्य ३३ र ब्यापार उपसमूह १० अंक बढेका थिए ।
११ कम्पनीको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढ्यो । ती ११ कम्पनीमा नेसनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रो, मन्दाकिनी हाइड्रो, थ्रीस्टार हाइड्रो, न्यादी हाइड्रो, खानीखोला हाइड्रो, अरुण काबेली पावर, आँखुखोला र बाराही हाइड्रोपावर छन् ।
अभियान लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र हिमाल दोलखा हाइड्रोपावर क्रमशः अगाडि रहेका थिए ।
सेयर धितो कर्जामा सीमा हट्ने भएपछि बिहीबार सेयर बजारमा हरियाली छाएको हो । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ ।
मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले १२ करोडको सीमा हटाउने बताएका थिए । सेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहे पनि सेयर बजारमा लगानी गर्ने उद्देश्यले आएका कम्पनीमा उक्त सीमा व्यावहारिक नभएको बताउँदै आएका थिए । सबै क्षेत्रबाट आलोचनको विषय भएपछि १२ करोडको सीमा हटाउने तयारीसँगै सेयर बजारमा हरियाली छाएको हो ।
हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुँदा बिहीबार नेप्से पनि बढेको हो । नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ५.३१ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।